Logo

एमसीसी ल्याउनेलाई मात्र होइन, सर्मथन गर्नेलाई पनि देशबाट लखेदनु पर्छ ः राजनीति विश्लेषक तथा अभियन्ता प्रकाश रायमाझी


राजकुमार राई,
कलाखबर,४ फागुण काठमाण्डौं । राजनीतिक विश्लेषक तथा सामाजिक अभियन्ता प्रकाश रायमाझीले एमसीसी ल्याउने मात्र होइन, सर्मथन गर्नेलाई समेत देशबाट लखेदनु पर्ने बताउनु भएको छ । देश र जनचाहाना विपरीत जबरजस्ती संसदलाई छलेर एमसीसी पारित गर्न खोज्ने नेता र सर्मथकलाई समेत कलाकार,पत्रकार,बुद्धिजीबि देशभक्त नागरिक सबै मिलेर देशबाट लखेदनु पर्ने रायमाझीले कलाखबर टिभीसँगको कुराकानीमा तर्क राख्नु भएको हो । एमसीसी नेपालको राष्ट्रियता, स्वाधिनता, अन्य वैदेशिक सहायता भन्दा फरक किसिमले सन्धिको रुपमा आएको माझीले बताएका छन् ।

अमेरिकाले एमसीसीलाई परियोजनाको माध्यमबाट सन्धी गराउन खोजेको भन्दै आपत्ति समेत जनाएका छन् । अहिलेको सरकार नै कठपुतली भएको र यसले जबरजस्ती एमसीसी पारित गरे यसबाट हुने सम्भावित दुर्घटना पनि सरकारले नै लिनुपर्ने उहाको भनाई रहेको छ । सम्झौताका बुदाँहरुमा स्थानीयसँग सरोकार राख्ने कुराहरु जल र जलबाट उत्पन्न हुने भनिएपनि त्यसको प्रसारण लाइन र सडक सञ्जाल विस्तार गर्ने प्रावधानहरु नेपालको कानुन भन्दा माथि हुने रायमाझीको जिकिर थियो ।

यसरी देशमा आएको सामान्य सहयोगलाई लिदैनौ, नेपाललाई यो आवश्यक छैन्, ३ करोड नेपालीहरु यसको विरुद्ध हुँदाहुँदै एउटा सामान्य प्रोजेक्टको लागि राज्यले जबरजस्ती गरेमा दुर्भाग्यपुर्ण हुनेछ, माझीले भन्नु भयो । नेपालका नेताहरुले जबरजस्ती मागेर ल्याएको, नेपालीलाई दास बनााउन ल्याइएको परियोजना नेपालको हितकर नभएको पनि उनले तर्क गरे । रायमाझीले एमसीसी सम्झौतापछि नेपाल र नेपालीको स्वाधिनतामा प्रश्न उठ्ने भएकोले अस्विकार गरेको पनि स्पष्ट पारे ।

अहिले कांग्रेसको नेतृत्वमा एमसीसी पास भएमा त्यसको मुल्य कांग्रेसले चुकाउन पर्ने उनले धारणा राखे । ३ करोड नेपालीविरुद्ध गएर सरकारले निर्णय गरेमा अप्रिय हुने चेतावनी सरकारलाई दिँदै उनले भने,‘अप्रिय परिस्थितिको सामना गर्न सरकार तयार हुनुपर्छ । आउने चुनावमा पनि त्यसको परिणाम देखिन्छ, घर–घरबाट सामाजिक वहिस्कारको अभियान सुरु हुन्छ । उनले दोहोरो चरित्र देखाएको दल नेकपा माओवादीलाई लक्षित गर्दै तिनीहरुको नेपाली जनताले गहिरो रुपमा अध्ययन र विश्लेषण गरिरहेको पनि सुनाए ।

एमसीसीसँग सरोकार राख्नेहरुलाई नेपालबाट लखेट्न पर्ने परिस्थिती उत्पन्न हुँदै गएको उनको भनाई थियो । विर गोर्खालीको देश नेपाल हो भन्दै मामुली पैसाको लागि अमेरिकासँग सम्झौता गर्ने पक्षमा नरहेको पनि उनले स्पष्ट पारे । ५१ करोड रुपैयाँ एनसेलको पैसा र एमसीसीको पैसाबाट पूर्वप्रधानन्यायाधीश र केही बिचौलिया व्यापारीबाट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावलाई अघि वढाउन केही सञ्चार माध्यमहरुलाई पैसा दिएर गलत प्रचार गर्ने प्रयास भइरहेको पनि उनले जिकिर गरे ।

जबराविरुद्ध महाभियोगको प्रस्ताव व्यक्तिगत नभएर न्यायालयलाई ध्वस्त बनाउने योजना अनुरुप ल्याइएको विश्लेषक रायमाझीको भनाई छ । बिचौलिया, वकिल र भ्रष्ट न्यायाधीशहरुको जालझेलमा नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको मुद्दालाई खारेज गराउन रातारात प्रधानमन्त्री शेरबहादुर देउवालाई कठपुतलीको रुपमा महाअभियोगको प्रस्ताव संसदमा पेस गर्न लगाइएको उनले धारणा राखे । यसलाई लुकाउन पत्रकारलाई समेत पैसा दिएर नक्कली समचार बनाउन लगाएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्