एमसीसीको विरोधमा प्रहरी र प्रर्दनकारीबीच झडप दर्जनौ प्रहरी प्रर्दनकारी घाइते

राजकुमार राई,
कलाखबर,४ फागुण काठमाण्डौं । आज संसदमा गठबन्धन सरकारले एमसीसी पास गराउछने भन्ने आशंकामा विप्लव मोहन बैद्य लगायतले नेपालको बन्दको घोषणा गरेका थिए । त्यसबाट हुने सम्भावित घटनालाई मध्यनजर गर्दै गृहमन्त्रालयले बिहानैदेखि बाग्लो रुपमा सुरक्षाकर्मी परिचालन गरेको हो । बन्दको भावजुत पनि अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा टेबल गर्न लागेको विरोधमा काठमाडौंमा बुधबार प्रदर्शन भएको छ ।
सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, संसदमा रहेका नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र संसद बाहिर रहेका विप्लव नेतृत्वको नेकपालगायतका राजनीतिक दलहरु एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएका थिए । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, राम कार्कीलगायतका नेताहरु आफैं सडक प्रदर्शनमा सहभागी भए ।
प्रर्दशनको क्रममा दर्जनौ प्रहरी तथा प्रर्दशनकारी दुवै पक्ष सामान्य घाइते भएका छन् भने सयौंको संख्यामा प्रहरीले पक्राउ समेत गरेको छ । त्यस्तै माओवादीको युवा संगठन वाईसीएल अध्यक्ष सुमन देवकोटा सामान्य घाइते भएका थिए । ५० मिलियन अमेरिकी डलर बराबरको मिलेनियम च्यालेन्ज कम्प्याक्ट ९एमसीसी० कार्यान्वयनअघि यसम्बन्धी सम्झौता संसदबाट अनुमोदन हुनुपर्ने शर्त रहेकाले नेपालमा यसको विरोध भइरहेको छ ।
बुधबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता पेश गर्ने तयारी भएको विरोधमा दलका कार्यकर्ताहरु सडकमा उत्रिएर ‘एमसीसी खारेज गर’ को नारा लगाएका हुन् । संघीय संसद भवनको पश्चिमतर्फ एभरेस्ट होटल नजिकदेखि निषेधित क्षेत्र तोकिएकाले प्रहरीले प्रदर्शनकारीलाई अघि बढ्न नदिन सडक बन्द गराएर बार राखेको थियो ।
सो बार हटाएर संसद भवनतर्फ अघि बढ्न खोज्ने प्रदर्शनकारी र प्रहरीबीच बुधबार दिउँसो झडप भएको थियो । प्रहरीले प्रदर्शनकारीलाई हटाउन पानीको फोहोरा, अश्रुग्यास र लाठीचार्ज गरेको थियो । प्रदर्शनकारीले पनि प्रहरीतर्फ ढुंगा र इँटा प्रहार गरेका थिए ।