स्थानीयले माग गरे भने पछि हट्न मिल्दैन, पौड्याल

कलाखबर संवाददाता, पोखरा फागुन ४, २०७८
आसन्न बैशाख ३० मा हुन लागेको स्थानीय निकायको चुनाबमा फलेवास नगरपालिका वडा नं. १ का सम्भावित वडाध्यक्षका उम्मेदवार भोलानाथ पौडेल संग कलाखबर मल्टिमीडिया कम्पनी काठमाडौका प्रबन्ध निर्देशक तथा पत्रकार राजकुमार राईले गर्नुभएको कुराकानी यस्तो रह्यो ।
तपाईँको व्याक्तिगत परिचयको बारेमा बताइदिनुहोस् न ।
म भोलानाथ पौड्याल, मेरो घर फलेवास नगरपालिका वडा नं. १ कार्कीनेटा र हाल पनि कार्कीनेटामै बस्दै आएको छु । शैक्षिक योग्यता भन्ने हो भने व्यवस्थापन संकायमा पृथ्वी नारायण क्याम्पस पोखरावाट सर्वोत्कृष्ट अंक सहित स्नातकोत्तर तह पास गरेको छु । कार्यअनुभबका बारेमा कुरा गर्दा मैले राष्ट्रिय गैर सरकारी संस्था, बिभिन्न परियोजना र अन्तराष्ट्रिय गैर सरकारी संस्थामा करिब आठ वर्ष काम गरेको अनुभब छ । म सरकारी कार्यालयहरु संग जोडिएर काम गरेको कारण सरकारका हरेक गतिबिधि, विधि र प्रक्रियाको बारेमा जानाकार छु ।
अब आसन्न स्थानीय चुनावमा वडाध्यक्षको लागि तपाईको चर्चा चलेको छ नी के भन्नुहुन्छ ?
मलाई राजनीति गर्न त्यति मन पर्दैन तर स्थानीयले माग गरे भने सामाजिक हित र विकासकोलागि म पछि हट्न पनि त मिल्दैन । स्थानीय जनताका अधिकार सुनिश्चित गर्न र गाउँ विकास साथै समाजसेवा गरी उदाहरणीय ब्याक्ति भन्ने रहर भने मलाई छ । मेरो अहिले सम्मको अनुभबमा समाजमा सार्वजनिक पद धारण गरेका व्याक्तिहरुमा पारदर्शिता, जवाफदेहिता र सामाजिक उत्रदायित्यको अवस्था निकै कमजोर छ यसलाई पूर्ण रुपमा कार्यान्वयन गर्न पद धारण नगरी बाहिरवाट गर्न सकिने सम्भावना निकै कम हुने रहेछ ।
अहिलेको स्थानीय सरकारका गतिबिधिहरुलाई कसरी मुल्याङ्कन गर्नुहुन्छ ?
म यो समयमा यो प्रश्नको वास्तविक उत्तर दिंदा कुनै पक्षलाई नकारात्मक असर तथा अर्को पक्षलाई सकारात्मक असर पर्न सक्छ त्यसैले उत्तर नदिए हुन्न र ? समग्रमा हेर्दा सकारात्मक नै होला थप जानाकारी यदि दिनै पर्छ भन्नुहुन्छ भने आज हैन अर्को कुनै दिन तपाईलाई बोलाएर दिनेछु ।
आउने स्थानीय चुनावमा वडाध्यक्ष पदमा उठ्नु हुने भयो भने तपाईका योजनाहरु के के हुन्छन् ?
मेरो वडाध्यक्ष पदमा उठ्ने कुनै योजना छैन, स्थानीयले आग्रह गरेमा नेतृत्व गर्नु मेरो सामाजिक दायित्व तथा कर्तब्य हो मात्र भन्न खोजेको हो । केहीजानी म प्रतिस्पर्धामा आएछु भने मेरा योजना त्यही बेला सार्वजनिक गर्ने छु । संविधान बमोजिम स्थानीयका मौलिक हकहरु सुनिश्चित गरी पालना गर्नमा सहयोग गर्ने, बजेट खर्च पारदर्शिता तथा सूचना संप्रेषण, बजेट खर्च प्रतिको जवाफदेहिता र हरेक नागरिक प्रति उत्तरदायित्व बहन गरेको भावना छर्न सक्नु पर्छ तब मात्र नेता मान्लान कि स्थानीयले हैनर कि के भन्नुहुन्छ ?
वडाध्यक्षमा टिकट पाउनुहुन्छ त स्थानीयले तपाईँको माग गरे भने ?
टिकटको आधिकारीक व्याक्तिहरु भनेकै स्थानीय जनता हुन उनीहरुको माग भनेकै टिकट पाउनु हो भनेर मैले बुझेको छु । तर तपाईँले भन्न खोज्या राजनीतिक दलको कुरा होला, मैले भने मेरो राजनीतिमा खासै चासो छैन यदि कुनै पार्टीको झण्डावाट उठ्न सकेमा त्यो पक्ष पनि राम्रै हो नत्र स्वतन्त्र उठ्नुनै उचित देख्छु । मैले तपाईँलाई भने यदि म उठ्ने भए भने सामाजिक भलाईका निम्ति मेरा योजनाहरु र योजना कार्यान्वयन कसरी गर्ने भन्ने पुस्टयाइँ वाटै मलाई स्थानीयले बुभ्mनेछन्, यो भन्दा थप कुरा त्यति बेला पाउनुहुने नै छ ।
अन्तिममा अरु केही भन्न बाँकी छ कि ?
खासै केही छैन, समाजमा बोलेर भन्दा पनि गरेर देखाउने नेता आवस्यक छ त्यसैले धेरै बोल्नु म उचित ठान्दिन । जनताले केही आसलाग्दो मानेर जिताए भने तिनिहरुको आस मेटाउन पनि सक्नुपर्छ । कसैले ब्यक्तिगत स्वार्थका कुरा गर्छन भने त्यस्ता स्वार्थहरु किल्चिएर सामाजिक स्वार्थमा ध्यान दिनु असल नेताको कर्तब्य हुन आँउछ । सबै राजनीति कर्मीलाई म नेता मान्दिन, नेता यस्तो हुन्छकी जसले सबै स्थानीयलाई परिवारको रुपमा स्वीकार्य गरी सम्पुर्णको साझा मुद्दामा तल्लिन रही सबैलाई सुखी र खुसि राख्न सक्ने हुन्छ । अब लोभलाग्दा योजना तथा कार्यान्वयनको पुस्टयाइँ र विगतको विश्लेषण अर्को भेटमा गरौँला । यहाँलाई मेरो विचार लिनुभएकोमा धन्यवाद साथै यो मिडिया परिवारमा पनि कृतज्ञता ब्यक्त गर्न चाहन्छु । धन्यवाद ।।
धन्यवाद, नमस्कार ।