Logo

स्वतन्त्र नागरिक कर्मीद्वारा मानव अधिकार आयोगलाई ध्यानाकर्षण पत्र


राज कुमार राई,
कलाखबर,१२ माघ–काठमाण्डौं । स्वतन्त्र नागरिक कर्मीहरुले सोमबार मानव अधिकार आयोगलाई ध्यानाकर्षण ज्ञापनपत्र बुझाएका छन् । स्वतन्त्र नागरिक अगुवा प्रकाश रायमाझीको नेतृत्वमा सामाजिक अभियन्ता सुलोचना थापा र धार्मिक विश्वभक्त होम बहादुर कार्कीको टोलीले आयोगलाई ज्ञापनपत्र बुझाएका हुन् ।

कालो बजारीको लागि सबै स्वास्थ्य क्षेत्रमा सिटामोलको कृतिम अभाव देखाएर सर्ब साधारण आम नागरिकले आस्पतालमा सहज रुपमा उपचार र सेवा नपाएको अवस्थामा मानव अधिकार आयोग मौन बसेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । साथै कालोबाजारी नियन्त्रण गर्न सरकार चुकेको,निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थाले मनोमानी ढंगबाट नागरिक ठग्दा पनि सरकार र मानव अधिकार आयोग निरीह बनेको उल्लेख गरिएको छ ।

यस्तो अवस्थामा मानव अधिकार आयोगले नैसर्गिक अधिकारको प्रत्याभूति किन गराउन सकिन ? मानव स्वास्थ्यसँग सम्बन्धित क्षेत्रमा भई रहेको चरम बिकृति प्रति चुस्तदुरुस्त सरकारले किन अनुगमन गर्न सकेन ? जस्ता बिषयमा सरकारको ध्यान केन्द्रित हुनुपर्ने पत्रमा भनिएको छ ।

अहिले खोपको नाउमा जथाभावी भीडभाड बढेको र सर्बसाधारणले सहज र सरल सेवासुविधा नपाउदा पनि सरकार निरीह बनेको उल्लेख गरिएको छ । यस्ता विकृति विरुद्ध आवाज उठाउन खटिने सञ्चारकर्मीलाई कुनै किसिमको अवरोध नगरी उनीहरुले पाएका अधिकारको प्रयोग गरि स्वातन्त्र रुपमा काम गर्ने वातावरण ढिलाउन पनि अपिल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्