Logo

भ्रष्टचार गरेको आरोपमा वडा अध्यक्षलाई विप्लव कार्यकताले जुत्ताको माला र कालो मोसो ढले


राज कुमार राई,
कलाखबर,माघ ५– जाजरकोट । जाजरकोट जिल्लाको छेडागाड नगरपालिकाका वडाध्यक्षलाई (विप्लव) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) जाजरकोटले कालोमासो दलेको छ । नगरपालिकाको वडा नं ६ का वडाध्यक्ष रामबहादुर केसीलाई कालोमोसो दलेको हो । सिंगो विद्यार्थी र जनताको भविष्य माथि खेलवाड गरेको भन्दै उनलाई बुधबार दिउँसो जुत्ताको माला र कालो मोसो ढलेको छ ।

अध्यक्ष केसीले व्यापक मात्रामा भ्रष्टचार र घुसपेश गरेको विप्लव कार्यकर्ताले आरोप लगाएका छन् । उनी माओबादीको कोटाबाट अध्यक्ष बनेका हुन् । अखिल क्रान्तिकारी जाजरकोटले सामाजिक सञ्जाल फेसवुकमा एउटा विज्ञप्ती जारी गर्दै जनविकास माद्यामिक विद्यालयको फिल्ड निर्माणमा ९ लाख हिनामिना गरेको, अफ्गान पुल्ला सडक निर्माणमा ७० लाख बजेट बाट १७ लाख घुस खाएको, राधेदेखि विराखोला सडक स्तरउन्नतिमा ५ लाख रुपैँया हिनामिना गरेको, कोभिड १९ लाई नियन्त्रण गर्न उपलब्ध भएको रकम ७८ हजार रुपैयाँ वडा सचिवको किर्ते हस्ताक्षर गरी

चेक साटेर हिनामिना गरेको,बाहुन गाउँ देखि अफ्गान खानेपानी योजना बाट २५ लाख रुपैयाँ हिनामिना गरेको, स्वास्थ्य चौकीको सोलार खरिदमा सबै काम सम्पन्न भएको तर कमिसन मागेर पैसा निकासा गर्न नदिएको, थालीखोला मुहान बाट जेवा खानेपानी योजना बाट ७ लाख रुपैयाँ हिनामिना गरेको, सरकारले विकास योजनाका लागि दिएको प्राप्त बजेटलाई काम गुणस्तरीय नगरी आफ्नो जीवन मात्र समृद्ध बनाएको आरोप लगाएको छ ।

जिल्लाका प्रहरी कार्यलय भने घटनाका विषयमा अनविज्ञ रहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएस्पी मधुकुमार थापाले घटनाको विषयमा प्रहरी समक्ष कुनै जानकारी नआएको बताए । उनले भने, ‘पीडित पक्ष बाट कुनै खालको जानकारी आएको छैन्, यदि आयो भने हामी प्रक्रिया अघि बढाई कालोमोसो दल्नेहरुको खोजी गछौं र कालोमोसो दल्नेहरुलाई कारबाही पनि गछौँ भन्नु भयो ।

 

प्रतिक्रिया दिनुहोस्