Logo

जताततै फेरि कोरोनाको त्रास, दिनहुँ बढ्न थाले कोरोना संक्रमित


राज कुमार राई,
कलाखबर,२७ पौष – काठमाण्डौं । पछिल्लो समय शून्यमा झरेको कोरोना फेरि तीव्र रुपमा फैलिन थालेको छ । अहिले त्यही त्रास सबै आम जनतामा छाएको छ ।

सोमबार सरकारले माघ १५ गते सम्म सबै विद्यालयलाई बिदा दिने निर्णय गरेसँगै अहिले फेरि आम जनतामा कतै लकडाउन पो हुने हो की भन्ने एक किसिमको त्रास छाएको छ । आज मात्र काठमाडौं उपत्यकामा थप १,२८६ जना कोरोना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार काठमाडौंमा ९८०, ललितपुरमा २२१ र भक्तपुरमा ८५जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २,४४४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । मृतक संख्या भने एक जना मात्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस्