Logo

भब्य रुपमा पृथ्वी जयन्ती मनायो,पूर्व राजादेखि राष्ट्रपति सम्मको सवारीसँगै पृथ्वीनारण शाहको शालिकमा माल्यापर्ण



राज कुमार राई,
कलाखबर,२७ पौष – काठमाण्डौं । गत बर्षको भन्दा यो बर्ष निकै उल्लाशका साथ पृथ्वीजयन्ती मनाइएको छ । पृथ्वीनारायण शाहको ३० औ जन्मत्सवको अवसरमा पूर्व राजादेखि राष्ट्रपति सम्मका उच्च पदस्थ अधिकारीहरुको बाग्लो उपस्थि रहेको थियो । पृथ्वी जयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण गरेकी छन् ।

सिंहदरवारको मुल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा उनले पुष्पहार चढाएकी हुन् । पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक बिदा दिन तथा राष्ट्रिय एकता दिवसका रुपमा मनाउन माग हुँदै आए पनि सरकारले भने ती मागलाई वास्ता गरेन । सेनाले राष्ट्रपतिलाई सलामी समेत दिएका छन् ।

सरकारी स्तरबाट पृथ्वी जयन्तीका अवसरमा कुनै कार्यक्रम नगरिए पनि राष्ट्रपति विद्यादेवी भण्डारी र पर्यटन मन्त्री प्रेम आले भने पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न पुगेका छन् । पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नका लागि सर्वसाधारण समेत पुगेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाह पनि आजै सोही स्थानमा पुगेर माल्यार्पण गरेका छन् । सो क्रममा विभिन्न सांस्कृतिक झाँकी पनि प्रस्तुत गरिएको छ । सरकारले सार्बजनिक विदा नदिएपछि जुलुसमा सहभागी जनता भने किनै आक्रोशित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्