Logo

स्वार्गीय अनुप लिङदेनको सम्झनामा “ लिङ्देन स्मृति प्रतिस्ठान स्थापना



राज कुमार राई,
कलाखबर,पौष १९ काठमाण्डौं । समाजसेवी तथा युवा व्यावसायी स्वर्गिय अनुप लिङदेनको सम्झना गर्दै अनुप लिङ्देन स्मृति प्रतिस्ठान स्थापना गरिएको छ । समाजसेवी तथा एक जुजारु युवा व्यावसायी लिङदेनको करिब ६ महिना अगाडी दुर्घटमा परि स्वार्गरोहण भएका थिए ।

समाजका लागि शिक्षा,स्वास्थ्य र साहित्य क्षेत्रमा केहि गर्नुपर्छ भन्ने भावना बोकेका लिङदेनको अधुँरो सपनालाई पुरा गर्न उनको स्मृतिमा उनकै नामबाट प्रतिष्ठानको स्थापना गरिएको धर्म पत्नी अप्सरा लावती लिङ्देनले बताइन् । अहिले सात लाख अक्षयकोषबाट प्रतिष्ठान सुरु गरिने र त्यसको व्याजबाट आएको रकममाथी थप्दै अनुप प्रतिष्ठानलाई अगाडी बढाउने पनि उनले बताइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै जसरी एक रडको दुई पाङग्रा हुन्छ, त्यो रडको एउटा पाग्रा मात्र खुस्क्यो भने रड चलाउन निकै गाह्रो हुन्छ, यो अवस्थामा अहिले आफु पुगेको पनि बताइन् । उनी कार्यक्रम सम्बोधन गर्दागदै निकै भावुक पनि भइन र आँखा पनि रसाइन् । प्रतिस्ठान स्थापना कार्यक्रममा प्रमुख अतिथि राप्रपा अध्यक्ष तथा सांसद माननीय राजेन्द्र लिङ्देन विशिष्ट अतिथि पूर्व सिडिओ भगिराज इङ्नाम हुनुन्थ्यो ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष तथा लिङदेन धर्मपत्नी अप्सरा लावतीले सभापतित्व गर्नु भएको थियो । प्रतिस्ठानले साहित्यकार विमला तुम्खेवा र मदन पुरस्कार बिजेता पुर्व सिडिओ भगिराज ईनामलाई सम्मान समेत गरेको छ । कार्यक्रम भिमसेनगोला स्थित हटलिप रेष्टुरेण्टमा भएको थियो । प्रतिस्ठानले साहित्य, शिक्षा, स्वास्थ, संस्कृति सबै क्षेत्रलाई सेवा तथा टेवा दिने अध्यक्ष अप्सरा लावती लिङ्देनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्