Logo

कुलुङ भाषामा निर्मित छितेल चलचित्र पौष १७ गतेबाट सोलुखुम्बु जिल्ला भरि धमाधम प्रर्दशन हुदै


 

राज कुमार राई,
कलाखबर, पौष १८ – काठमाण्डौं । कुलुङ भाषा र भेषभुषामा आधारित चलचित्र छितेल कुलुङ जातिको महान चाड चाकचाकुरको अवसरमा यहि पौष १७ गतेबाट सोलुखुम्बु जिल्ला भरि प्रर्दशन भई रहेको छ । ध्रुब धन कुलुङको निर्माण तथा गायक मन बहादुर कुलुङको कथा लेखन र निर्देशन रहेको चलचित्रमा कुलुङ जातीको कला सँस्कृति, भेषभुषा, भाषा पहिरन र चालचलन मुख्य कथा वस्तुको रुपमा चलचित्रमा समेतिएको छ ।

मुख्य कलाकारको भुमिका मित्र कला कुलुङले निभाउनु भएको थियो भने अन्य कलाकारको भूमिकामा सम्झना कुलुङ,पञ्छ कुमारी कुलुङ,तिल जङ्ग कुलुङ,लक्ष्मण कुमार कुलुङ, लगायतका कलाकारहरू रहेका छन् । अन्य वालकलाकारको भुमिकामा प्रज्वल कुलुङ लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ । सोलुखुम्बुको महाकुलुङ गउँपालिकामा ७८(पौष १७ देखि छितेल कुलुङ भाषाको चलचित्र प्रदर्शनी भई रहेको निर्देशक मन बहादुर कुलुङले जानकारी दिए ।

गत असोज ४ गतेदेखी सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँ पालिका भित्रकै रमणीय स्थानहरुमा छितेल लघु चलचित्रको छाँयाङ्कन भएको थियो । सो चलचित्र करिब डेढ महिना पछि कार्तिक २७ गते छायाँकन सकिएको थियो । सो चलचित्रमा समाबेश गीतकोे शब्द रचना मनुहाङ किराँतीले गर्नु भएको थियो भने स्वरस्(बिनुसा राई, र मन बहादुर कुलुङका्े रहेका छन् ।

मन बहादुर कुलुङको संगीत तथा दिनेश राज बाहकको एरेन्ज रहेको चलचित्रलाई छाँयाकन र सम्पादन उमेश कुलुङले गरेका हुन् । सो चलचित्रलाई रोहित कुलुङले व्यावस्थापन गरि रहेको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्