Logo

माओवादी महाधिवेशनको कारण देखाउदै आजको प्रतिनिधि सभा बैठक स्थगित


 

राज कुमार राई,
कलाखबर, पौष १८ – काठमाण्डौं । आज बोलाइएको प्रतिनिधि सभाको बैठक माओवादी महाधिवेशनको कारण देखाउदै स्थगित गरिएको छ । आजको बैठकलाई लक्षित गर्दै एकातिर एमसीसीको बिरोधमा २२ दलले विरोध प्रर्दशनको आयोजना समेत गरेको छ ।

यही बिरोध सभा र प्रर्दशनको पूर्व सन्ध्यामा माओवादीको महाधिवेशनको कारण जनाउदै आजको प्रतिनिधि सभा बैठक स्थगित भएको घोषण गरिएको छ ।

सत्तारुढ नेकपा माओवादी केन्द्रले महाधिवेशन जारी रहेकाले बैठक स्थगित गरिदिन आग्रह गरेकाले प्रतिनिधि सभा बैठक स्थगित गरिएको स्रोतले बतायो । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन यही पुस ११ गतेदेखि काठमाडौंमा जारी छ ।

प्रतिक्रिया दिनुहोस्