Logo

मसरुम हेड लञ्च बारद्वारा अग्रेजी नया बर्षको अवसरमा चर्चित कलाकारहरुको प्रस्तुतिसँगै शुभकामना आदनप्रदान


राज कुमार राई
कलाखबर, पौष १८ – काठमाण्डौं । राजधानी काठमाण्डौंको मीन भवन नयाँ बानेश्वर स्थित अग्रेजी नयाँ बर्ष २०२२ को अवसरमा दी मसरुम हेड लञ्च एण्ड बारले बृहत शुभकामना आदनप्रदान तथा ओपनिङ कार्यक्रमको आयोजना गरेको छ । ख्याती प्राप्त कलाकारहरुको साथमा साँस्कृतिक कार्यक्रम समेत सम्पन्न भएको छ ।

शुक्रबार साँझ आयोजित कार्यक्रमलाई रोयल थाई होस्पिटलिटि, कान्तिपुर इन्क कम्पनी लिमिटेड, पेइ वेल,पेन्टागन इन्टरनेशनल कलेज, जम्बला रिर्सट,कान्तिपुर अस्पताल,कान्तिपुर एकेडेमि अफ हेल्थ साइन्सले प्रायोजन गरेका हुन् ।

उपयुक्र्त वातावरण र भिविन्न परिकारहरुसँगै मुस्कान सहितको सेवा प्रवाह गरि रहेका दी मस्रुम हेड लञ्च एण्ड बारले अंग्रेजी नयाँ बर्ष २०२२ को आवरमा आधिकारिक ओपनिङसँगै शुभकामना आदनप्रदान कार्यक्रमको आयोजना गरेको हो ।

आफ्ना ग्राहकहरुसँगको सामिप्यता तथा भेटघातसँगै अंग्रेजी नयाँ बर्षको अवसरमा खुशी र उमंग साटने मुल उद्देश्यले कार्यक्रमको आयोजना गरेको आयोजकले जनाएको छ । कार्यक्रममा ख्याती प्राप्त कलाकारहरुले रोचक प्रस्तुति दिएका छन् । सुन्दर शान्त वातावरणमा कलाकारहरुको मीठा मीठा प्रस्तुतिसँगै विभिन्न परिकारको स्वादमा दर्शकहरु निकै रमाएका छन् ।

चर्चित तथा लोकप्रीय कलाकारहहरु डिज राज पोखरेल,बर्षा परियार, युविन ढुंगाना, थानेश्वर गौतम, टिका आले मगर, भुवन लामा, विनिता परियार, सोनिका आक्षामी, पुजा मगर लगायतका कलाकारहरु रहेका छन् । कलाकारहरुले विभिन्न गायन तथा रोचक नृत्यहरु प्रस्तुत गरेका छन् ।

कार्यक्रमलाई सञ्चारकर्मी अञ्जु तामाङले रोचक शैलिमा प्रस्तुत गरेकी छन् । उपस्थित दर्शक तथा ग्राहकहरुलाई दी मस्रुम हेड लञ्च एण्ड बारले आफ्नै उत्पादित विभिन्न परिकारहरुको स्वाद चखाएका छन् ।

प्रतिक्रिया दिनुहोस्