Logo

देउवा अमेरिकाको एजेन्ट र चाकडी भएकाले राष्ट्रघाती एमसीसी ल्याउन खोजेको राजनीति विष्लेषक प्रकाश रायमाझीको आरोप


राज कुमार राई,
कलाखबर,१६ पौष – काठमाण्डौं । राजनीति विष्लेषक,लेखक तथा अहिलेका आठ दलले गरेका आन्दोलनका मोर्चा नेतृत्वकर्ता प्रकाश राय माझीले प्रधानमन्त्री शेरबहादुर देउवा अमिरिकाको दलाल एजेन्ट र चाकडी भएकोले अहिले जबरजस्ती राष्ट्रघातक एमसीसी ल्याउन खोेजेको आरोप लगाएका छन् । अहिलेको राजनीति तरल बन्दै गएको अवस्थामा देश र जनताको हित भन्दा पनि दलिय स्वार्थ र व्यक्तिगत हितका लागि नेताको चाकडी गर्ने प्रवृति बढेको बिष्लेषक माझीले बताए ।

देउवाले एमसीसीको बिषयमा कुनै अध्यन पनि नगरेको र उसले यस बारेमा केही पनि थाहा नभएको बताए । लोभ र आस्वसनमा परेर आफ्नो व्यक्तिगत फाइदा तथा दलिय स्वार्थका लागि अमेरिकालाई खुशी बनाउन अन्धाधुन्द र जबरजस्ती रुपमा राष्ट्रको हित विपरीत एमसीसी ल्याउन खोजेको माझीको आरोप छ । एमसीसी कुनै हालतमा पास हुँदैन । यदि जबरजस्ती देउवाले जनतालाई झुक्याएर पास गराउन खोजे देशमा जनताले आगो बाल्ने र त्यसको ठूलो परिणाम देउवाले भोक्नु पर्ने लेखक तथा विष्लेषक माझीले बताए ।

एमसीसी पास भएको अवस्थामा काँग्रेसलाई मात्र ठूलो फाईदा हुने तर देश र जनताले भने यसको नराम्रो परिणाम भोक्नु पर्ने माझीले बताए । एमसीसी पास हुनेबितिकै नेपालका सम्पूर्ण खनिज वस्तु,जलस्रोत तथा उद्योग कलकारखाना नै अमेरिकाको कब्जा र अधिनमा हुन्छ । अमेरिकाको ५६ अर्बले नेपालमा केही पनि बिकास हुदैन । नेता कार्यकर्ता र पार्टीको हित र बिकास मात्र हुन्छ । उल्टै सैनिक शासन लागु हुन्छ । त्यसको परिणाम जनताले त्रास र सास्ती खेप्नुपर्ने हुन्छ ।

जसले देशको स्वभीमान र ईज्जत पनि लुटिन्छ । एमसीसी एउटा देश र जनतालाई झुक्याउने राष्ट्रघाती सन्धी मात्र हो, लेखक तथा बिष्लेषक रायमाझीले भन्नु भयो । अहिलेको सरकार जनताको सरकार नभएर प्रमादेशबाट जारी भएको कठपुतली सरकार भएकोले जनताको सर्मथन नगरी बिदेशी एजेन्टको गुलाम गरि रहेको छ । एमसीसीको नाममा राष्ट्रको स्वाभीमान अहिलेको कठपुतली सरकारले बेच्न लागेको समेत खेलक माझीले आरोप लगाए ।

देश र जनताको सुरक्षा तथा राष्ट्रको स्वाभीमान बचाउन अहिले आफूहरु लगायत आठ दलको समुह राष्ट्र घातक एमसीसीको बिरुद्ध सडकमा उत्रिनु परेको उनले कलाखबरलाई बताए । कुनै पनि हालतमा नेपालमा एमसीसी ल्यानु हुदैन, यसलाई तत्काल फिर्ता पठाउनु पर्छ । जब सम्म ७२ पृष्ठमा छापिएको एमसीसी सम्झौता खारेज हुदैन तब सम्म आफूहरुको आन्दोलन पनि जारी रहन्छ । राष्ट्र घातक एमसीसीलाई मन्त्रीपरिषदमा छलफल नै नगरी सिधै संसदबाट पास गराउनु खोज्नुले जबरजस्ती जनतालाई झुक्याउनु खोजेको प्रस्ट देखिन्छ, माझीले भन्नु भयो ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्