Logo

महत्वपूर्ण निर्णय सहित गोपाल किराँती नेतृत्व माओवादी कम्यूनिस्ट पार्टी नेपालको बैठक बुटवलमा सम्पन्न


राज कुमार राई,
कलाखबर,१६ पौष – काठमाण्डौं । गोपाल किराँती नेतृत्वको माओवादी कम्यूनिस्ट पार्टी नेपालले महत्वपूर्ण निर्णय सहित बुटवलमा पार्टीको बैठक सम्पन्न गरेको छ । १२९ औं माओ त्सेतुङ दिवसको अवसरमा केन्द्रीय समिति सचिवालयको बिस्तारित वैठक बसेको हो।

२०७८ पौष ११ गते बुटवलमा बसेको यस बैठकले आगामी केन्द्रीय समितिले अनुमोदन गर्ने गरी केही महत्वपूर्ण निर्णयहरु गरीएको कुरा माओवादी कम्युनिस्ट पार्टी, नेपालको कार्यलय सचिव सुरेन्द्र कटुवालले बताए ।

उक्त बैठकमा सर्वहारावर्गका एक अन्र्तराष्ट्रिय गुरु माओ त्सेतुङको १२९ औं जन्म दिवशको अवसरमा उहाप्रति र महान जनयु’द्ध लगायत नेपाली क्रान्तिका अमर सहिदहरुप्रति एक मिनेट मौनधारणको श्रद्धान्जलीसहित माओको जीवनी र योगदानमाथि विशेष चर्चा समेत गरिएको थियो ।

वैचारिक काममा जोड दिने र नयाँ सन्देश सहितको नयाँ नेतृत्व विकास गर्ने, केन्द्रीय स्कुल तथा प्रचार व्यवस्थापन विभाग गठन, केन्द्रीय संगठन विभाग गठन, सर्वहारावादी ध्रुवीकरण र संयुक्त मोर्चा निर्माण आदि लगायत महत्वपूर्ण निर्णयहरु भएका छन ।

प्रतिक्रिया दिनुहोस्