Logo

तमु ल्होसारको लागि बिहिबार सरकारले सार्बजनिक बिदा दिने घोषणा


राज कुमार राई,
कलाखबर,१४ पौष – काठमाण्डौं । ओली सरकारको पालामा सबै जनजातीहरुको चाडपर्वमा कटौती हँुदै आएको पर्व बिदालाई अहिलेको गठवन्धनको सरकारले बदर गरेको छ । अहिलेको गठवन्धन सरकारले सबै जातीको पर्वमा सार्बजनिक बिदा दिन थालेको छ ।

सरकारले तमु ल्होसारको अवसरमा भोलि बिहिबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । गृह मन्त्रालयले आज बुधवार विज्ञप्ति निकालेर तमु ल्होसारको अवसरमा बिहिबार देशभरका सरकारी कार्यालय तथा

सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने घोषणा गरेका छन् । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले तमु ल्होसारको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रालयका उपसचिव शोभाखर रेग्मीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्