Logo

ब्रिटिस एयरवेज कम्पनीको विमान आकाशमै दुर्घटना भएपछि २ सय यात्रुको रुवाबासी


राज कुमार राई,
कलाखबर,१४ पौष – काठमाण्डौं । करिब २ सय यात्रु बोकेको ब्रिटिस एयरवेज कम्पनीको विमान आकाशमा नै दुर्घटना भएको छ । कम्पनीको बिए २२३६ विमान १ हजार फिटमाथि आकाशमै दुर्घटनाग्रस्त बनेको हो। आकाशमै दुर्घटना भएको सो विमानको विन्डस्क्रिन हावासँग ठोक्किएर दुर्घटनाग्रस्त बनेको अन्र्तराष्ट्रिय मिडिया रिपोर्टमा उल्लेख छ।

दुर्घटनापश्चात विमानमा सवार सबै यात्रुको आकस्मिक अवतरण गराइएको बताइएको छ। क्रिसमसको अवसरमा छुटी मनाउन गएका यात्रुलाई बोकेर सो विमान लण्डनको ग्याटविक इन्टरनेसनल एयरपोर्टबाट सान जोसतर्फ गइरहेको थियो। सोहि क्रममा दुर्घटनाग्रस्त बनेको बताइएको छ। दुर्घटना हुनुअघि सो विमानले ३५ सय फिट उचाई पार गरेको थियो।

करिब १ हजार फिट उचाईमा झरेपछि हावाको झोकासँगै आएको बरफको डल्लाले विमानको २ इन्च बाक्लो विन्डस्क्रिनमा ठोक्किँदा सो दुर्घटना भएको विमान कम्पनीले जनाएको छ। दुर्घटनापश्चात विमानले सफल अवतरण गराएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्