Logo

शिक्षक सेवा आयोगद्वारा १३ हजार ९३ जना प्राथामिक तह दरवन्दी शिक्षकका लागि आवेदन खुल्ला


राज कुमार राई,
कलाखबर,१४ पौष – काठमाण्डौं । शिक्षक सेवा आयोगले १३ हजार ९३ जना प्राथामिक तह दरवन्दी शिक्षकका लागि आवेदन खुल्ला गरेको छ । क्रमशं मा. वि. र निमावि तहको विज्ञापन पश्चात आयोगले बुधबारबाट प्राथामिक तहको पनि विज्ञापन खुल्ला गरेको हो ।

प्रदेश एकमा ३ हजार ३ सय ३२, प्रदेश दुईमा १ हजार ३ सय २५, वाग्मतीमा २ हजार ५ सय २३, गण्डकीमा २ हजार २ जनाका लागि विज्ञापन गरिएको छ ।

त्यस्तै लुम्बिनीमा २ हजार ६०, कर्णालीमा ८ सय ३२ र सुदूरपश्चिम प्रदेशमा १ हजार १९ पदमा विज्ञापन माग गरिएको छ । खुला तथा समावेशी पदमा प्रतियोगितात्मक परीक्षामाफर्त स्थायी पदपूर्ति गर्न विज्ञापन माग गरिएको आयोगले जनाएको छ ।

योग्यता पुगेका उम्मेदवारले अनलाइन दरखास्त दिन सक्नेछन् । उम्मेदवारले online.tsc.gov.np/ मा आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्