आज देशभर अविरल हिउदे बर्षा, चिसोले जनजीवन अस्तव्यस्त (फोटोफिचर सहित )
राज कुमार राई,
कलाखबर,१४ पौष – काठमाण्डौं । आज देशभर हिउदे अविरल बर्षा भएको छ । देशका विभिन्न भागमा पानी र उच्च हिमाली भेगमा हिउ परेको कारण अत्याधिक रुपमा चिसो पनि बढेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले केही दिनदेखि मौसम गढबड हुँदै आएको थियो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा हल्का वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भइरहेको छ । यतिबेला काठमाडौँमा पनि वर्षा भइरहेको छ । काठमाडौमा वर्षासँगै प्रमुख पर्यटकीय केन्द्र चन्द्रागिरिमा हिमपात सुरु भएको छ ।
चन्द्रागिरी हिल्स लिमिटेडका जेनेरल म्यानेजर अभिषेक बिक्रम शाहले चन्द्रागिरीमा हिमपात सुरु भएको जानकारी दिएका हुन् । बिहिबारबाट मात्र केही मौसममा सुधार आउने पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।