Logo

निमावी तहका २५९८ शिक्षकका लागि शिक्षा आयोगद्वारा विज्ञापन खुल्ला (सूचना सहित )


राज कुमार राई,
कलाखबर ७, पौष – काठमाण्डौं । रिक्त दरवन्दी रहेका शिक्षकका लागि शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहका लागि विज्ञापन खुल्ला गरेको छ । लोक सोवाको माध्यमबाट २५९८ जनाको दरवन्दीमा विज्ञपन खुलेको हो । बुधबारको गोरखापत्रमा यो सूचना प्रकाशन भएको र आयोगको वेबसाइटबाट पनि उपलब्ध गर्न सकिने आयोगका प्रवक्ता सुर्दशन मरहट्टाले जानकारी दिए ।

उनका अनुसार २ हजार ५९८ जना शिक्षकका लागि विज्ञापन खुलाइएको हो । इच्छुक उम्मेदवारले माघको ६ गतेसम्म तोकिएको दस्तुरमा र माघ ७ देखि १३ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् । आयोगले माध्यमिक तहमा मंसिर २९ गते विज्ञापन खुला गरेको थियो । पुस २९ सम्म तोकिएको दस्तुर र माघ ६ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिनेछ ।

मावि तहको परीक्षा चैत १५ गतेलाई तोकिएको छ । प्रावि तहको शिक्षक पदको विज्ञापन पनि पुस १५ भित्र प्रकाशन हुने पनि आयोगले जनाएको छ । सम्वन्धित पाठयक्रम पनि आयोगको वेबसाइटमा राखिएको पनि आयोगले जनाएको छ । चैत्र १९ गते भित्र परिक्षा सकाउने पनि आयोगले तीव्र तयारी गरेको छ ।

एसईईसँग शिक्षकको परीक्षा नजुध्ने र नसार्ने गरी तयारी भइरहेको आयोगले जनाएको छ । मावि तहमा आवेदन दिने शिक्षकले निमावि अथवा प्रावि तहमा पनि आवेदन दिन सक्ने सम्भावना भएकोले परीक्षा एक–एक दिनको फरक पारेर लिने आयोगको तयारी छ ।

 

प्रतिक्रिया दिनुहोस्