Logo

आठवटा पार्टीको संयुक्त आन्दोलनबाट एमसीसीको घोरविरोध,गो ब्याग एमसिसिको नारा संसद भवन अगाडी गुञ्जिए ( भिडियो सहित)


राज कुमार राई,
कलाखबर,६ पौष – काठमाण्डौं । राजधानी काठमाण्डौंमा एमसीसी सझौता खारेज गर्ने माग गर्दै आठवटा पार्टी र विभिन्न र्मोचाहरुले व्यापक बिरोध प्रर्दशन गरेका छन् । मंगलबार माईतीघर मण्डलाबाट गो ब्याग एमसीसीको नारा घन्काउदै आन्दोलनकारीहरुले संसद भवन अगाडी बानेश्वरमा आएर कोण सभा गरेका छन् ।

कार्यक्रममा नेकपा ९क्रान्तिकारी माओवादी०, नेकपा ९माले०, जनगणतान्त्रिक मोर्चा नेपाल, नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा नेपाल, नेकपा ९मसाल० र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको सहभागिता रहेको थियो । उनीहरुले अहिले जबरजस्ती काँग्रसेसले संसद भवनबाट पारित गर्न लागेको एमसीसी जनहित विपरीत हुने बताएका छन् ।

यसले नेपाल आमा र जनताको सुक्षामा खतरा हुने आन्दोलनकारीहरुले बताएका छन् । अहिलेको परिवेशमा पुलिस आर्मीले पनि नेपालको जागिर खाएकोले नेपालको रक्षाका लागि सुरक्षा गर्नुपर्ने उनीहरुले बताए । पत्रकारहरुले पनि स्वार्थपुरक पार्टी र सरकारको समाचार लेख्नु भन्दा राष्ट्रघाती एमसीसीको बिरोधमा समाचार लेख्न आन्दोलनकारीले सुझाए ।

जब सम्म यो राष्ट्रघाटक एमसीसी खारेज हुँदैन तब सम्म यो गठवन्धनको आन्दोलन पनि निरञ्तर रहने उनीहरुले कोणसभाबाट उदघोष गरेका छन् । टाउटो नै फुटे पनि, जेल नै जानु परे पनि आफूहरु तयार रहेको उनीहरुको भनाई रहेको छ ।
तस्विरहरु हेर्नुहोस् स्

 

 

प्रतिक्रिया दिनुहोस्