Logo

हरेक परीक्षामा प्रगति प्रतिवेदन विद्यार्थीलाई उपलब्ध गराउने सरकारी विद्यालय थापाठाना मा.वि.


कलाखबर संवाददाता, पर्वत, २०७८ पौष ५

देशको उत्कृष्ट सरकारी विद्यालयको रुपमा परिचित सरकारी विद्यालयहरु मध्ये एक विद्यालय हो थापाठाना माध्यमिक विद्यालय । फलेवास नगरपालिका वार्ड नंं २ मा अवस्थित यो विद्यालयले १७ औँ वार्षिक उत्सवको अवसर पारेर प्रथम त्रैमासिक परीक्षाको परीक्षाफल प्रकाशित, छात्रवृत्ति वितरण तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरी विद्यार्थिहरुलाई प्रगति प्रतिबेदन वितरण गरेको हो ।

विद्यालयले अंगे्रजी माध्यममा पठनपाठन गराउने, हरेक हप्ता अतिरिक्त त्रियाकलापहरु संचालन गर्ने विहान प्रार्थनाको समयमा समेत अतिरिक्त ज्ञानका क्रियाकलापहरु संचालन गरी विद्यार्थीहरुलाई अनुशासित वातावरणमा पठनपाठन गराउने गरेको आधारभुत तहका इन्चार्ज सन्तोष रिजालले जानाकारी दिए ।

हामीले २०७३ देखी कक्षा ११ र १२ मा व्यवस्थापन र शिक्षा शास्त्रमा अध्यापन गराउदै आएका छौँ तर विडम्बना उक्त कक्षाको लागि एउता पनि दरबन्दी तथा शिक्षक व्यवस्थापनको लागि सरकार वाट रकम प्राप्त नहुने कारण स्थानीयले उपलब्ध गराएको चन्दावाट शिक्षकको व्यवस्थापन गर्दे आएका छौँ । जुन भोलीका दिनमा व्यस्थापन गर्न चुनौती देखिएको छ, प्रध्यानाध्यापक विष्णु प्रसाद शर्माले बताए । हाल करिब ८५ जना विद्यार्थी रहेको कक्षा ११, १२ पठनपाठन गराउन वार्षिक करीब आठ लाख आवश्यक पर्छ तर विद्यालयको श्रोत नहुनाको कारण भोली समस्या हुने अवस्था आएको शर्माले बताए ।

नर्सरी देखी बाह्र कक्षा सम्म संचालित यस विद्यालयमा करिब ४५० विद्यार्थीहरु अध्ययन गर्दै आएका छन भने गुणस्तरको अवस्था पनि राम्रो देख्न सकिन्छ । कोभिडको प्रभावित समयमा समेत अनलाइन मार्फत कक्षा संचालन गरी हाल भौतिक रुपमा कक्षा संचालन गरेको यस विद्यालयले प्रथम त्रैमासिक परिक्षाको परीक्षाफल प्रकाशित गरेको हो । परीक्षाफल प्रकाशित प्रश्चात हरेक विद्यार्थीहरुलाई प्रगति प्रतिबेदन उपलब्ध गराउदै आएको छ ।

सरकारले उपलब्ध गराउने विद्यार्थी खाजा कार्यक्रममा समेत विद्यार्थीलाई निर्देशिका बमोजिम खाजा उपलब्ध गराउने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जित बहादुर थापा मगरले कलाखबरलाई जानकारी दिए । खाजामा अण्डा, चना, सुजी लगायतका छ प्रकारका खाजाहरु विद्यालयमै चमेना गृह संचालन गरी विद्यार्थीलाई खुवाउँदै आएको अध्यक्ष मगरले बताए । फलेवास नगरपालिकाका अधिकाशं विद्यालयहरुले भने खाजा नखुवाई भुक्तानी प्राप्त गरेको लामो समय पछि मात्र विद्यार्थीलाई नगद बितरण गर्ने गरेका छन् जुन निर्देशिका विपरित छ र नगरपालिकाले निर्देशिका पालना गरेको देखिदैन ।

यस विद्यायवाट पोखरा पढ्न गएका विद्यार्थीहरु हाल करिब पोखराका पाँच विद्यालयमा प्रथम र द्धितिय स्थानमा रहेका छन् जुन विद्यालयले गर्भ गर्न लायक कुरा हो प्र.अ. शर्माले बताए । विद्यालयले जिल्लामै उत्कृष्ट विद्यार्थीहरु तयार गर्न सफल रहेकोले विद्यालयको गुणस्तर तथा ख्याति उच्च रहेका शर्माले दावी गरे ।

वार्षिक उत्सवको अवसरमा विद्यालयले रु ५२४०० छात्रवृत्ति वितरण गरेको छ भने १४ बिपन्न परिवारका विद्यार्थीहरुलाई एक सेट पोशाक समेत उपलब्ध गराएको थियो र पोशाक सिलाई खर्च स्थानीय अभिभावक सुरेश श्रेष्ठ, विष्णु थापा र अनिल श्रेष्ठले उपलब्ध गराउने घोषणा कार्यक्रममा गर्नुभएको थियो । विभिन्न शैक्षिक तथा सांस्कृतिक प्रदर्शनका साथ सम्पन्न कार्यक्रम अध्यक्ष मगरले समापन गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्