Logo

गोकर्णेश्वर नगरपालिका सहिद पार्कमा किराँतीहरुको उधौली पर्व साकेला नाँच भव्य रुपमा सम्पन्न


राज कुमार राई
कलाखबर,४ पौष – काठमाण्डौं । पूर्वीय नेपालका किराँतीहरुको महान पर्व साकेला नाँच आईतबारबाट सुरु भएको छ । सोही अवसरमा आदिवासी किराँत समाजको व्यावस्थापन तथा आयोजनामा गोकर्णेश्वर नगरपालिका शहिद पार्कमा भव्य रुपमा उधौली पर्व साकेला नाँच सम्पन्न भएको छ । बागमती प्रदेश केन्द्रिय सांसद कृष्ण याक्खा राईको प्रमुख आतिथ्यमा औपचरिक रुपमा कार्यक्रम सम्पन्न भएको हो ।

बिशेष गरि पूर्वीय नेपालका किराँतीहरुले अर्धबार्षिक रुपमा आफ्नो समुदाय तथा आफ्नो घर परिवारमा भोग्दै आएका दुःख पीडा यो पर्वको अवसरमा आपसमा सातासात गर्ने अवसरको रुपमा पनि लिने गर्छन् । प्रकृति पुजक किराँतीहरुले यो दिन ढोल, झयाँम्टा र चौरीको पुच्छर हल्लाउदै आफ्नै मौलिक भाकामा गीत गाँउदै आपसमा नाँच्ने गर्छन् । किराँहरुको कला सँस्कृति झल्काउने भेषभुषा र पहिरणमा थाँतीएर आपसमा सामुहिक नृत्य गर्दै यो दिन निकै नै उल्लाशका साथ यी जातीहरुले उधौली पर्व मनाउने गर्छन् ।

किराँत समुदाय भित्रका विभिन्न भाषाभाषीहरु कुलुङ, दुमी, चाम्लिङ, खालिङ, जेरुङ, लोरुङ, साम्पाङ, मेवाहाङ, कोयु, वान्तावा सुनुवार, बाहिङ, नाछिङ लगायतका जातीहरुले आफ्नो कुल पित्री पुजेर आफसमा प्रसाद भाडेर खाँदै नाँच्ने गर्छन् । आदिबासी किराँत महासंघका सल्लाहकार तथा भाषा विज्ञ डा. नेत्र मणी दुमी राईले शुभकामना दिदै भन्नु भयो, हामी किराँती प्रकृति पुजक हौं, हामीले हरेक बर्षको दुई पटक भुमीलाई पुजा गर्छौ । यो हाम्रो पुर्खाको पालादेखि मनाउदै आएको हाम्रो पुरानो सँस्कार हो । यसको जोर्गेना र संरक्षण गर्नु हामी सबैको कर्तव्य हो ।

नेपाली काँग्रसका युवा नेता तथा आदिवासी जनजाती केन्द्रिय सदस्य सूर्य कुलुङले सम्पूर्ण किराँत तथा गैरकिराँत सबैलाई शुभकामना दिनु भयो । आफ्नो मौलिक कला सँस्कृति बचाऊ तथा जोगेर्ना गर्नका लागि यो साकेला पर्वको ठूलो भुमिका रहेको पनि नेता कुलुङले बताउनु भयो । साथै उहाँले अहिले यसरी सबै किराँतीहरु एकै ठाँउमा जम्मा भएर नाँच्न पाउनुको पछाडी बागमती प्रदेशका केन्द्रिय सांसद कृष्ण याक्खा राईको विशेष भुमिका रहेको बताउदै धन्यबाद पनि दिनु भयो । शहिद पार्कमा किराँतीहरुको भूमी थान निर्माणका लागि सांसद कृष्ण याक्खा राईले बिशेष रुपमा पहल गरेको नेता कुलुङले बताउनु भयो ।

प्रमुख अतिथि तथा बागमती प्रदेशका केन्द्रिय सांसद कृष्ण याक्खा राईले उधौली पर्वको अवसरमा किराँत तथा गैर किराँत सबैलाई शुभकामना दिनु भयो । साथै सांसद राईले आयोजकलाई पनि धन्यबाद दिदै अपेक्षा गरिएको भन्दा धेरै राम्रो संख्यामा उपस्थिति रहेको बताउनु भयो । अबको ६ महिना पछि अर्को उभौली पर्वमा यो भन्दा पनि बढी भव्य र सभ्य रुपमा कार्यक्रमको आयोजना हुने पनि उहाँले बताउनु भयो । यसमा आफ्नो तर्फबाट के सहयोग गर्न सकिन्छ ? त्यसको लागि आफु तयार रहेको पनि सांसद राईले बताउनु भयो । कार्यक्रमलाई आदिबासी किराँत महासंघका सचिव नैन सेताल्चु जेरुङले सञ्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्