Logo

किराँतीहरुले मनाउने साकेला पर्व आईतबारबाट सुरु हुँदै


राज कुमार राई
कलाखबर,३ पौष –काठमाण्डौं । किराँतीहरुले मनाउने साकेला पर्व आईतबारबाट सुरु हुने भएको छ । बिशेष गरि पूर्वीय नेपालका किराँती राईहरुले यो पर्व मनाउने गर्छन् । यसलाई नेपाली भाषामा चण्डी नाँच भन्ने गरिन्छ भने किराँतीहरुको पुर्खाको भाषामा साकेन्वा, साकेला भन्ने गरिन्छ । अर्थात यो पर्वलाई उधौंली र उभौली पनि भन्ने गरिन्छ ।

किराँत मुन्धुम र सँस्कृति अनुसार अन्नवाली पाकेर उठाँउने बेला अर्थात भित्रीर्याउने बेलाको समयलाई उधौली पर्व भनिन्छ । नयाँ अन्नवाली रोप्ने अर्थात धर्तीलाई हराभरा बनाउने बेलाको समयलाई उभौली पर्व भनिन्छ । यो समयमा कुल पृत्री बुझाएर भुमी पुजा गरि धर्तीलाई हराभरा गरिन्छ ।

आईतबार देशका विभिन्न ठाँउ धरान सुनसरी,ईतहरी, काठमाण्डौंको गोकर्णैश्वर,ललितपुरको नखिपोट, लगायतका विभिन्न किराँतीहरुको बस्तीहरुमा उल्लाशका साथ उधौली अर्थात साकेला पर्व मनाउदै छन् ।

प्रतिक्रिया दिनुहोस्