Logo

सभापतिको उमेदवार जित्न देउवालाई सकस


राज कुमार राई,
कलाखबर,२६ मंसिर – काठमाण्डौं । नेपाली काँग्रेसको १४औं महाधिवेशन बाट विभिन्न पदमा भोली मंसिर २७ गते मतदान हुदैछ । काँग्रेसको १४ औं महाधिवेशनमा फेरि पनि सभापतिको उमेदवारी दिएका देउवा यो पटक भने जित्ने मुस्किल मुस्किल नै परेको छ । कुनै पनि बेला पासा पल्टने डरले पहिलो चरणमा नै चुनाव जित्ने दाउमा शेर बहादुर देउवा छन् ।

उनी सँग यो पटक पाँच प्रतिस्पधीहरु मैदानमा छन् । उनले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग आज विहा भेटवार्ता समेत गरेको छ । यसलाई अर्थपूर्ण तरिकाले हेरिएको छ । पौडेलसँग राजनीतिक लेनदेन गर्न खोजेको बुझिएको छ । देउवाले शेखर कोइराला समूहका केही नेताहरुसँग पनि सम्पर्क स्थापित गरेका छन् ।

प्रकाशमान सिंह आफ्नो अडानबाट विचलित नभएपछि उनको ध्यान अर्को पक्षमा गएको हो । पहिलो चरणमा देउवाले नजितेमा दोस्रो हुने उम्मेदवारसँग प्रतिष्पर्धा गर्नुपर्ने हुन्छ । दोस्रो हुने सम्भावितमा प्रकाशमान सिंह वा शेखर कोइराला नै हुन् । सिंह दोस्रो भएमा देउवाका लागि सबैभन्दा चुनौती हुनसक्छ ।

संस्थापन इतरमा प्रभाव जमाउदै छुट्टै प्यानल बनाएर चुनावी मैदानमा रहेका सिंहले पुरानो समूहको मत तान्न सक्छन् । अर्कोतर्फ, देउवा पक्षको मत तान्ने क्षमता पनि उनीसँग छ । सिंह विगतमा देउवाकै समूहमा रहेकाले उनले त्यो समूहलाई राम्ररी चिनेका छन् । पहिलो चरणमा बहुमत ल्याउन नसके दोस्रो चरणमा चुनाव हुँदा देउवाले तेस्रो हुनेसँग राजनीतिक लेनदेन गर्नुपर्ने हुनसक्छ । यसकारण पनि उनलाई चुनौती बढेको छ ।

 

प्रतिक्रिया दिनुहोस्