गलत रिर्पोट दिएर इजरायल पठाउने डाक्टरलाई ६ लाख जरिवाना
राज कुमार राई,
कलाखबर,२६ मंसिर – काठमाण्डौं । स्वास्थ्य परिक्षणको क्रममा लापर्वाही गर्ने एक चिकित्सकलाई कारबाही स्वरुप ६ लाख जरिवाना असुल गरिएको छ । बैैदेशिक रोजगारीको सिलसिलामा इजरायल पुगेका किरण बस्नेतलाई गलत रिपोर्टका कारण रोजगारीबाट स्वदेश फिर्ता गराएका थिए । बस्नेतले चिकित्सक र स्वास्थ्य संस्थाबाट क्षतिपूर्ति पाउने भएका छन् ।
इजरायलबाट फर्काइएका किरण बस्नेतलाई क्षतिपूर्ति दिन सर्वोच्च अदालतले आदेश दिएको हो । सुन्धारास्थित नेपाल इन्टरनेशनल क्लिनिक प्रालिमा डा। बुद्ध बस्न्यातले दिएको स्वास्थ्य परीक्षण प्रमाणपत्रका आधारमा बस्नेत इजरायल पुगेका थिए । त्यहाँ स्वास्थ्य परीक्षण गर्दा दम रोगी भएको पुष्टि भएपछि किरण बस्नेत नेपाल फर्काइएका हुन् ।
चिकित्सकले व्यवसायिक जिम्मेवारी पूरा नगरी ग्राहकको उपचारमा हेलचेक्र्याईं गरेको कारणले सेवाग्राहीलाई पर्न गएको असरको जिम्मेवारीबाट उन्मुक्ति पाउन नसक्ने देखिन्छ’ न्यायाधीशहरु दीपककुमार कार्की र हरि फुयालको इजलासले गरेको फैसलामा भनिएको छ, ‘स्वास्थ्य परीक्षण प्रतिवेदनमा कुनै रोगको सम्भावना नभएको देखाएको छ ।
डा. बुद्ध बस्न्यात तथा नेपाल इन्टरनेशनल क्लिनिकले पीडित किरण बस्नेतको स्वास्थ्य परीक्षण गर्ने क्रममा हेलचेक्र्याईं एवं लापरवाही गरेकाले मानसिक, आर्थिक र शारीरिक तथा भौतिक क्षति व्यहोर्नुपरेको देखियो । सर्वोच्च अदालतले तत्कालिन पुनरावेदन अदालत पाटन र जिल्ला क्षतिपूर्ति समिति काठमाडौंको निर्णय सदर गरेको हो । चिकित्सक बस्न्यातबाट ३ लाख र स्वास्थ्य संस्थाबाट ३ लाख गरी ६ लाख रुपैयाँ क्षतिपूर्ति दिनु भनी आदेश गरेको हो ।