Logo

नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तिम तयारी,पार्टीको झण्डा,पमप्लेट, व्यानरले भृकुटी भण्डप र राष्ट्रिय सभागृह पुरै रंगिए


राज कुमार राई,
कलाखबर २३,मंसिर – काठमाण्डौं । नेपाली काँग्रेसको १४ औ महाधिवेशनका लागि अन्तिम तयारी भएको छ । महाधिवेशनको उद्घाटन लगायतका कामको तयारी अन्तिम चरणमा पुगेको छ । बिहीवार सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेपाली काँग्रेस काठमाडौं जिल्ला सचिव तथा १४ औं महाधिवेशन प्रचारप्रसार मञ्च व्यवस्थापन समिति संयोजक गोविन्द पुडासैनीले १४ औँ महाधिवेशनको लागि उद्घाटन लगायतका कामहरुको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् ।

महाधिवेशनका लागि ९० प्रतिशत काम पुरा भइसकेको र बाँकी १० प्रतिशत काम पनि राती १० बजे सम्म सकिने संयोजोक बडासैनीले बताए । संयोजक पुडासैनीले मञ्च तीन चरणमा बनाइएको र पहिलो, दोस्रो र तेस्रो चरणमा क्रमशः कलाकार, विभिन्न पार्टीको शीर्ष नेता र पार्टीका केन्द्रिय सदस्य रहने व्यवस्था गरिएको बताए । प्रदेशको अधिवेशन सम्पन्न गरेपछि केन्द्रिय अधिवेशनतर्फ लाग्नुपर्ने भएको कारणले काम ढिला भएको हो ।

मञ्च तीन स्टेपमा छ, पहिलोमा साँस्कृतिक संघको कार्यक्रम हुन्छ । जहाँ ४० जना कलाकारले एकैसाथ प्रस्तुत गर्ने गरी व्यवस्था गरेका छौँ । दोस्रो चरणमा पार्टीका शीर्ष नेताहरु, अन्य पार्टीका शीर्ष नेताहरु, विदेशी पाहुनाहरूलाई दोस्रो रोमा राख्नेछौँ । तेस्रोमा पार्टीका केन्द्रिय सदस्य लगायत अन्य अतिथिहरूलाई राख्नेछौँ ।

सर्वसाधारणलाई अफ्ठ्यारो नपरोस् भनेर प्रदर्शनी मार्गको सडकलाई मात्रै व्यवस्थित तरिकाले नियन्त्रणमा राख्नेछौँ । करिव साढे ३ लाखदेखि ४ लाख मानिस सहभागी हुन्छन् । संयोजक पुडासैनीले प्रदर्शनी मार्गमा मात्र पार्टीको काम भएकोले अन्य सडकमा सर्वसाधारणहरुलाई ट्राफिक जाम भएर समस्या नपर्ने बताए ।

उनले पार्टीको महाधिवेशनमा ४ लाखसम्म मानिस सहभागी बन्ने पनि बताउनु भयो । नेपाली काँग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशन मंसिर २४ गते शुक्रवारबाट २७ गतेसम्म हुँदैछ । भृकुटी भण्डप र राष्ट्रिय सभागृहमा पुरै पार्टीको झण्डा,पम्प्लेट र व्यानरले झिलिमिलि रंगिएको छ । हाम्रो टोली साँझ त्यहाँ पुग्दा धमाधम काम भई रहेको हो ।

प्रतिक्रिया दिनुहोस्