कमल थापालाई पार्टी अध्यक्षमा पूर्व राजाले हराएको भन्दै छानबिन गर्न माग
राज कुमार राई
कलाखबर २३,मंसिर – काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०को केन्द्रीय कार्यसमिति बैठकमा भर्खरै सम्पन्न भएको छ । एकता महाधिवेशनपछि पहिलोपटक अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको बैठकमा कमल थापालाई पूर्व राजा ज्ञानेन्द्र शाहले हराएको भन्दै आठ पदाधिकारीहरुले छानबिनको माग गरेका छन् ।
अध्यक्षमा पराजित कमल थापानिकट पदाधिकारीहरुले उक्त माग उठाएका हुन्। एकता महाधिवेशनपछि पहिलोपटक अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको बैठकमा आठ जनाले पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपाको महाधिवेशनमा चलखेल गरेको र त्यसको छानविनका लागि पार्टीले समिति गठन गर्नुपर्ने माग गरेका थिए।
यसरी उठाउनेमा केन्द्रीय सदस्य राजाराम बर्तौला, केदार कोइराला, विजय खड्का, शशी सिलवाल, रीता माझी, राधेश्याम साह, जमुना थापा र दीपक मल्ल रहेका छन् । निर्वाचनमा पराजित भएलगत्तै निर्वतमान अध्यक्ष थापाले पूर्वराजाले हस्तक्षेप गरेर आफूलाई हराएको भन्दै आक्रोश व्यक्त गरेका थिए। यस बिषयमा राजाबादीहरुले भने कमल थापा अवसरबादी र चाकडी भएको आरोप लगाएका छन् ।
कलम थापामा आपूm अध्यक्ष नभएपछि क्रोधको पीडा अझै सेलाएको छैन् । उनले पार्टी अध्यमा बिजय भएका वर्तमान अध्यक्ष राजेन्द्र लिङदेलाई बधाई दिनुको बद्ला अझै सामाजिक भरि विभिन्न आक्रोस बिलौना पोखाउदै आएका छन् । थापाको यस किसिमको गतिविधिबाट कसैले कसैले पार्टी फूट्न लागेको संकेत गर्दै आएका छन् ।