Logo

सहमतिको आधारमा नेतृत्व चयन गर्ने देउवाको अठोट


राज कुमार राई,
कलाखबर २३,मंसिर – काठमाण्डौं । नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशनमा सकेसम्म सहमतिको आधारमा नेतृत्व चयन गर्ने बताएका छन् । सहमति नभए प्रजातान्त्रिक प्रक्रियाबाट प्रतिस्पर्धामा जाने उनले बताए । सहमहामन्त्री महामन्त्री डा। प्रकाशहरण महतले लेखेको पुस्तक बिहीबार काठमाडौंमा विमोचन गर्दै प्रधानमन्त्री देउवाले प्रतिस्पर्धामा हुने जितहारलाई स्वाभाविक रुपमा लिनुपर्ने बताए ।

सकेसम्म सहमतिमा जाने र यदि भएन भने प्रजातान्त्रिक तरिकाले प्रतिस्पर्धा गर्ने देउवाले बताए । त्यसमा जितहाार हुन्छ, हार्नेले जित्नेलाई सहयोग गर्दै अगाडी बढ्ने पनि देउवाले बताएको हो । महाधिवेशनमा भाग लिन उत्साहपूर्वक काठमाडौं आएका नेता(कार्यकर्ताहरू उस्तै उत्साह बोकेर जिल्ला फर्किने र आगामी चुनावमा नेपाली कांग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउने कार्यमा लाग्न सभापति देउवाले आह्वान गरे ।

१४औं महाधिवेशन नेपाली कांग्रेस र प्रजातान्त्रिक भविष्यका लागि पनि अत्यन्त महत्वपूर्ण रहेको बताउँदै सभापति देउवाले भने, ‘यसलाई सफल पारेर फर्किएर यो पार्टीलाई बलियो बनाएर कांग्रेसलाई बहुमत पार्टी बनाउन लाग्न साथीहरू लाग्नेछन् । कार्यक्रममा प्रधानमन्त्री देउवाले कांग्रेस सहमहामन्त्री डा.प्रकाश शरण महतले लेखेको ‘नेपाली कांग्रेस र नेशन बिल्डिङ’ नामक पुस्तक विमोचन गरे ।

यो पुस्तक डा। महतले नेपाली त्रिभुवन विश्वविद्यालयमा एमए अध्ययन गर्दा लेखेको शोधपत्रको संशोधित रुप हो । वीपी कोइरालाको पालामा नेपाली कांग्रेसको आर्थिक नीति जे थियो, आधुनिक नेपालको आर्थिक नीति त्यही भएको भन्दै डा। महतले नेपाली कांग्रेसको आर्थिक सामाजिक नीतिबारे यस पुस्तकबारे जानकारी लिन सकिने बताए । हाल अंग्रेजी भाषामा रहेको यो पुस्तकलाई नेपालीमा पनि प्रकाशित गर्ने डा। महतले बताए ।

प्रतिक्रिया दिनुहोस्