Logo

नेपाल किराँत गणराज्य पुर्नस्थापनाको लागि माओवादी कम्युनिस्ट पार्टीद्वारा तीव्र अभियान शुरु


 

राजकुमार राई,
कलाखबर २२,मंसिर – काठमाण्डौं । गोपाल किराँती नेतृत्व माओवादी कम्युनिस्ट पार्टीले नेपाल किराँत गणराज्य पुर्नस्थापनाका लागि तीव्र रुपमा अभियान शुरु गरेको छ । सो अभियानका लागि माओवादी केन्द्रिय नेता प्रकाश दुमी राईको नेतृत्वमा ४ सदस्य सहितको टोली अहिले पूर्वीय नेपालका जिल्लाहरु ओखलढुंगा, खोटाङ, भोजपुर हुँदै संखुवासभा पुगेको छन ।

संखवासभा जिल्लालाई किराँत गणराज्य पुर्नस्थापना हुनुपर्छ भन्ने मुल एजेन्दा सहित माओवादी कम्युनिस्ट पार्टी अभियानमा निस्केको हो । अभियानमा माओवादी कम्युनिस्ट पार्टी, नेपालको केन्द्रिय सदस्य प्रकाश दुमिराई, केन्द्रिय सदस्य साहस राई, केन्द्रिय सदस्य सुमन बाङदेल र वाइसीएलको केन्द्रीय सदस्य सर्वधन राई रहेका छन ।

उक्त टोलिले जनतासंग घरदैलो, जनयुद्धका सहिद तथा घाईते परिवार, स्थानिय जनप्रतिनीधि, जिल्लाका जिल्ला प्रशासन प्रमुख, जिल्लाका राजनीतिक दलहरुसंग भेटघाट तथा भित्ते लेखन लगायत प्रचारप्रसार गर्दै अभियान चलाउदै आएका छन । सो अभियान अन्तर्गत प्रदेश नं १ का उदयपुर, ओखलढुंगा, खोटाङ, भोजपुर, संखुवासभा, धनकुटा, सुनसरी लगायतका जिल्लाहरुमा वृहत कार्यक्रम गर्ने केन्द्रिय नेता तथा

टोलीका सदस्य साहस राईले बताए । नेपालको प्राकृतिक तथा भौगोलिक संरचना अनुसार समाजवादी गणराज्य हासिल गर्न दश गणराज्य आन्दोलन १३ बुँद्दे माग कार्यान्वयन अनिवार्य आवश्यक रहेको भन्दै अभियान थालेको संयोजक प्रकाश दुमीराईले बताए । जनयुद्धबाट स्थापित पहिचान आन्दोलन भएकोले संबिधान पुनर्लेखन गरि दश जनगणराज्य सरकार बनाउनु पर्ने मागसहित माओवादी कम्युनिस्ट पार्टी, नेपालले देशब्यापी रुपमा अभियान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्