बागमती प्रदेशमा नेपाली काँग्रेसका सभापतिका लागि पून दोस्रो चरणको मतदान सुरु
राज कुमार राई,
मंसिर,१९–काठमाण्डौं । बागमती प्रदेशमा नेपाली काँग्रेसका सभापतिका लागि पून दोस्रो चरणको मतदान सुरु भएको छ । बिहान साढे ११ बजे मतदानका लागि समय निर्धारण गरिएपछि दिउँसो साढे १ बजेबाट हेटौँडामा अहिले मतदान सुरु भइरहेको छ ।
शनिबार भएको मतदानमा तीन जनाबीच प्रतिस्पर्धा हुँदा कसैको पक्षमा ५० प्रतिशत भन्दा बढी मत प्राप्त हुन सकेन । पहिला चरणमा सभापति शेरबहादुर देउवा पक्षका इन्द्र बानियाँ, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जगदीश्वर नरसिंह केसी र
कृष्णप्रसाद सिटौला समूह बाट भीमसेन दास प्रधान प्रतिस्पर्धामा थिए । पहिलो चरणमा तेस्रो भएका प्रधानले पहिलो भएका बानियाँलाई साथ दिएका छन् ।