Logo

सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा २२,९०० किलोवाट क्षमताको जलविद्युत आयोजना निर्माण हुदै


राज कुमार राई,

मंसिर,१९–काठमाण्डौं । सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकामा २२,९०० किलोवाट क्षेमताको जलविद्युत आयोजना निर्माण हुने भएको छ । महाकुलुङ गाउँपालिकामा रहेको होङ्गुखोलाबाट सो आयोजना निर्माण हुन लागेको हो । मध्यहोङ्गु खोला ‘बी’ आयोजना निर्माण गरि विद्युत उत्पादनका लागि गौरीशंकर पावर डेभलप्मेन्ट लिमिटेडले दरखास्त दिएको छ ।

विद्युत ऐन,२०४९ को दफा ४ तथा विद्युत नियमावली,२०५० को नियम १५ बमोजिम आवश्यक जाँजबुझ गरि नियम १६ को प्रयोजनका लागि वन तथा वातावरण मन्त्रालयबाट मिति २०७८/०३/२० मा सो आयोजना स्वीकृत भएको छ ।

प्रस्तावित मध्यहोङ्गु खोला ‘बी’ जलविद्युत आयोजना निर्माण गर्दा वन तथा स्थानीयहरुमा प्रतिकुल असर पर्ने भएमा, सुचना प्रकाशित भएको मितिले ३५ दिन भित्र सम्बन्धित सरोकारवालाले आफ्नो लिखित राय–सुझाव विद्युत विकास विभाग समक्ष पेस गर्न समेत अनुरोध गरिएको छ ।

गौरीशंकर पावर डेभलभमेन्ट लि. २०७३ सालमा स्थापित विद्युत उत्पादन गर्ने संस्था हो । यो आयोजनाबाट वार्षिक सरदर १३०.६० गिगावाट घण्टा विद्युतीय ऊर्जा उत्पादन हुने आयोजना निर्माण कम्पनीले जनाएको छ । यसको डिजाइन बहाव १९.३० घनमिटर प्रतिसेकेण्ड र कुल हेड १४८ मिटर रहेको छ ।

उत्पादित विद्युतलाई १३२ के.भी. को २० किलोमीटर लामो प्रशारण लाइन मार्फत सोलुखुम्बु जिल्लास्थित नेपाल विद्युत प्राविधिकरणको तिङला सबस्टेसनमा जोडिने छ । यो आयोजनाबाट २०८०÷०४÷०१ गते विद्युत उत्पादन हुने प्रस्ताव गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्