Logo

सर्वोच्चमा कानुन व्यावसायी र प्रहरीबीच धकेलाधकेल,प्रधान्याधिशले राजिनामा दिनुपर्ने सबैको अडान


कलाखबर,३० कात्तिक – काठमाण्डौं । सर्वोच्च अदालतमा कानुन व्यावसायी र प्रहरीबीच धकेलाधकेल भएको छ । मंगलबार बार एशोसिएशनको अगुवाइमा विरोध प्रदर्शनका लागि सर्वोच्च अदालत परिसरभित्र प्रवेश गर्न खोजेका कानुन व्यवसायीलाई प्रहरीले रोक्ने प्रयास गरेको थियो ।

सो क्रममा कानुन व्यावसायी र प्रहरीबीच धकेलाधकेल भएको हो । बार एशोसिएसनले केही दिन यता दैनिक सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा सहित प्रदर्शन गर्दै आएको छ । मंगलबार बार एशोसिएशनबाट सर्वोच्च परिसरमा प्रवेश गर्न खोजेका कानुन व्यवसायीलाई प्रहरीले रोक्न खोजेको थियो ।

प्रहरीसँगको धक्कमधक्काका बीच कानुन व्यवसायीहरु सर्वोच्च अदालत परिसरमा प्रवेश गरेर प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नाराबाजी गरेका छन् । उनीहरुले प्रधानन्यायाधीशको राजीनामा नआएसम्म आफूहरुको प्रदर्शन जारी रहने बताउँदै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्