Logo

Breaking News काठमाण्डौं उपत्यका सुन्धाराबाट विप्लवका दुई कार्यकर्ता पक्राऊ


कलाखबर,३० कात्तिक – काठमाण्डौं । काठमाडौंको सुन्धारा क्षेत्रको सडक अबरुद्ध गर्न खोज्ने नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका दुई कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

आज बिहान सडकमा टायर बालेर प्रदर्शनमा उत्रिएका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो । विप्लव नेतृत्वको नेकपाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै आज काठमाडौं उपत्यकासहित देशभर बन्द आह्वान गरेको छ ।

काठमाडौं उपत्यकामा बन्दको आंशिक प्रभाव परेको छ । ललितपुरमा एक साझा यातायात सबमा समेत बन्दकर्ताले तोड्फोड गरेका छन् । अहिले उपत्यकामा बन्दको प्रभाव सामान्य हुन थालेको छ ।

 

प्रतिक्रिया दिनुहोस्