Logo

प्रदेश नं १ को नाम किराँत प्रदेश राख्न सम्भव नहुने मुख्य मन्त्रि राजेन्द्र राईको भनाई


 

कलाखबर,३० कात्तिक – काठमाण्डौं । प्रदेश नं १ को नाम किराँत प्रदेश राख्न सम्भव नहुने नव नियुक्त मुख्य मन्त्रि राजेन्द्र राईले बताउनु भएको छ । किराँत राई यायोक्खाले आयोजना गरेको तेस्रो अन्तराष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्रि राईले सो कुरा बताएका हुन् । आफूले मन्त्रि पद सम्हालेको पहिलो पटक सार्बजिक कार्यक्रममा मन्त्रि राई सहभागी भएका हुन् । अधिकाशं भक्ताहरुले मन्त्रि राईलाई संकेत गर्दै प्रदेश नं १ को नाम किराँत प्रदेश हुनुपर्नेमा जोड दिइएका थिए ।

त्यो भन्दा अगाडीको मुख्य मन्त्रि शेरधन राईले सबैले प्रदेश नं १ को नाम किराँत प्रदेश राख्न अपिल गर्दा पनि चासो नदिएको बताएका हुन् । तर अबको नय नियुक्त मुख्य मन्त्रि राईले यस मुद्दालाई सफल बनाउनेमा आफूहरु पूर्ण विश्वास रहेको भक्ताहरुको भनाई रहेको छ । गायक राजेश पायल राईले समेत आफ्नो प्रस्तुति देखाउने क्रममा हामी सधैं अरुले काम गर्न दिएन भन्छौं, अब सम्बन्धित ठाउँमा हाम्रो मान्छे आएको छ । उहाँले कत्तिको काम गर्छ त्यो हेर्न बाँकी छ भन्नु भयो ।

अन्तिममा सबै भक्ताहरुको सवाल जवाफ दिदै मन्त्रि राईले दुधको दुध,पानीको पानी छुटयाई दिने भन्दै आफ्नो धारणा सार्वजनिक गर्नुभयो । जुन क्रममा उहाँले भन्नु भयो, तपाईहरु सबैले भने जस्तो प्रदेशको नामकरण गर्न सजिलो छैन । कुनै पनि सरकारले प्रदेशको नामकरण गर्दैन । सासंदको दुई तिहाइको बहुमत संख्याले मात्र त्यो निर्णय पारित गर्ने हो । यो भन्दा अगाडी नेकपाको दुई तिहाई बहुमत पाएर सरकार बनाएकाहरुले त प्रदेशको नामकरण गर्न सकेको छैन ।

त्यो अवस्थामा म त अहिले गठवन्धनको सरकारमा छु । मैले सबैलाई मनाउनु पर्छ । हाम्रो बहुमत पनि छैन । जसपा,माओवादी,काँग्रेस र नेपाल एकीकृत समाजवादी गरि जम्मा हाम्रो २९ सदस्यहरु मात्र छन् । यो अवस्थामा प्रदेश नं १ को नाम किराँत प्रदेश राख्न सम्भव छैन । तर पनि म पहिचान वादी नेता भएकोले आफ्नो अडानबाट भने पछि हट्दिन भन्नु भयो । साथै मन्त्रि राईले सुम्निा पारुहाङ र माटोको कसम खाएर भए पनि पहिचानको अडान् आफ्नो मुख्य मन्त्रि पद नै गएपनि छोड्ने ठोकुवा गर्नु समेत भयो ।

 

प्रतिक्रिया दिनुहोस्