Logo

किराँत राई यायोक्खाको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न,१४ वटा विभिन्न देशहरुबाट प्रतिनिधिहरु सहभागी


कलाखबर,२९ कात्तिक – काठमाण्डौं । किराँत राई यायोक्खाले तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ । राष्ट्रीय सभागृह भृकृटी भण्डपमा शनिबार आयोजित सो सम्मेलनमा १४ वटा विभिन्न राष्ट्रहरुबाट प्रतिनिधिहरु सहभागी हुन आएका हुन् । कार्यक्रमका प्रमुख अतिथि तथा उपराष्ट्रपति नन्द बहादुर पुनले पानसमा दीप प्रजवलन गरि कार्यक्रमलाई उदघाटन गरेका हुन् । सम्मेलनको उदघाटनसँगै विभिन्न किराँती कल्चर झल्काउने भेष भुषा,पहिरण, पितृ कुल देवता पुज्दा आवश्यक पर्ने सामाग्रीहरु समेत प्रर्दशनमा राखिएका छन् ।

किराँतीहरुको पुर्खा मानिएका सुम्निमा र पारुहाङले प्राचिनकालसँगै प्रयोगमा ल्याएका विभिन्न किराँती मन्धुम सँस्कृति अनुसारका विभिन्न गरगहना,हारी रेजी,चुडा,फर्का बुट्टा जस्ता महत्वपूर्ण सामाग्रीहरु प्रर्दशनमा राखिएका हुन् । किराँतीहरुको मुख्य पहिचान झल्काउने साकेला नृत्य र किराँत राई कलाकारसंघको तर्फबाट स्वागत गीत समेत प्रस्तुत गरिएको हो । पहिचान झल्काउने बाजागाजाहरु मध्यमा मुर्चुङगा,बिनायो,बासुरी,ढोल झयाम्टा आदी हुन् ।

यी सम्पूर्ण सामाग्रीहरुलाई समेत आर्कषक रुपमा प्रर्दशनमा राखिएको थियो । कार्यक्रमलाई अझै रोचक बनाउन बीचबीचमा साँस्कृत कार्यक्रम समेत प्रस्तु गरिएको हो । राई ईज किङ राजेश पायल राईले लोकप्रीय गीत गाएर कार्यक्रमलाई रोचक बनाएका छन् । कार्यक्रममा विशेष अतिथिको रुपमा प्रदेश नं १ का मुख्य मन्त्रि राजेन्द्र राई, पुर्व मन्त्रि तथा जन्ता समाजवादी पार्टीका नेता अशोक राई, र विभिन्न राष्ट्रिय सभा सदस्यहरु उपस्थित रहेका थिए ।

स्वागत मन्तब्यको क्रममा अधिकाँश भक्ताहरुले प्रदेश नं १ नाम किराँत प्रदेश राख्नुपर्नेमा मुख्य जोड दिएका हुन् । तर अहिलेको नव नियुक्त मुख्य मन्त्रि राजेन्द्र राईले प्रदेशको नामकरण कुनै सरकारले नगर्ने र त्यसको लागि सासदहरुको बहुमत संख्याबाट मात्र पारित हुने बताए । दुई तिहाईको सरकार बनाएका नेकपाले पनि प्रदेश नं १ को नामकरण गर्न नसकेको अवस्थामा झन अहिलेको गठनवन्धको जम्मा २९ जना मात्र आफ्नो सरकारमा प्रतिनिधि सभासदस्यहरु भएकाले प्रदेश नं १ को नामकरण किराँत प्रदेश राख्न सम्भव नभएको बताए ।

तर पनि आफ्नो मुख्य मन्त्रि पद नै गएपनि आफ्नो पहिचानको अडान भने जस्तो अवस्थामा पनि नछाड्ने मुख्य मन्त्रि राईले ठोकुवा गरे । राष्ट्रिय जनगणनालाई मुख्य लक्षित गर्दै किराँत यायोख्खाले तेस्रो सम्मेलनको आयोजना गरेका हुन् । कार्यक्रम सञ्चालक तथा किराँत राई यायोक्खाका महासचिव जनक राईले उद्घोषणको क्रममा आगामी जनगणनामा जातिको महलमा राई,

पुख्र्यौली भाषाको महलमा आफ्नो मातृ भाषा र धर्मको महलमा किरात लेख्न र लेखाउन पटक पटक अपिल गरि रहे । नेपाल बहु धार्मिक, बहुभाषिक,बहुसाँस्कृतिक भएको मुलुक भएको र त्यसमा पनि किराँतीहरुको छुट्टै मौलिक पहिचान समेत रहेको उपराष्ट्रपति नन्द बहादुर पुनले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्