Logo

नेपाली काँग्रेसको १४ औ महाधिवेशनमा कञ्चनपुर क्षेत्र नं २ बाट युवा नेता शिरोमणी ओझाको उम्मेदवारी


कलाखबर २३, कात्तिक – काठमाण्डौं । नेपाली काँग्रेसका युवा नेता शिरोमणी ओझाले १४ औ महाधिवेशनमा कञ्चपुर क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवारी दिने भएको छ ।

जनवाहिनी नेपालका संयोजक तथा समाजसेवी समेत रहेका ओझाले कञ्चपुर क्षेत्र नं २ बाट महाधिवेशन प्रतिनिधि खुल्ला उम्मेदवारी दिने भएको हो ।

लामो समय सक्रिय रुपमा समाज सेवा र भ्रष्टचारको विरोधमा कडा रुपमा आवाज उठाउदै आएका ओझाले अब भने देश र जनताको सेवा गर्ने मुल उद्देश्यका साथ राजनीतिमा लाग्ने बताएका छन् ।

आगामी महाधिवेशनबाट स्वतन्त्र उम्मेदवारी जित्ने संकल्प सहित अगाडी बढेका ओझाले अबको महाधिवेशनमा आफुलाई आफ्नो अमूल्य मत दिएर उमेदवारी पदमा बिजय गराउन अपिल समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्