Logo

आदिवासी किराँतीहरुको मुल पहिचान नै ‘राई, भएको किराँत यायोक्खाका अध्यक्ष दिवस राईको भनाई


कलाखबर २३, कात्तिक – काठमाण्डौं । किराँत राई यायोक्खा केन्द्रिय कार्यलय अध्यक्ष दिवस राईले सम्पूर्ण आदिवासी किराँतीहरुको मुख्य पहिचान नै राई भएको पुष्टि गर्नु भएको छ । प्राचिन ईतिहास र पुर्खाको पालादेखि नै यी समुदायहरु ‘राई, पहिचानबाट स्थापित हुँदै आएको उहाले बताउनु भएको छ । ‘राई, शब्द कसैले दिएको उहार अर्थात कुनै पद नभएर युगौयुगदेखि आफै उत्पती भएर आएको एउटा पहिचान भएको उहाको भनाई रहेको छ ।

अहिले कुनै समुदाय र व्यक्तिहरुले हामी ‘राई, होइनौ, हाम्रो छुट्टै पहिचान छ, भनेर फैलाएको भनाई नै झुटो र अफवाह हल्ला मात्र भएको उहाँले कलाखबर टिभीसँग बताउनु भयो । ‘राई, हरुको वास्तविक ईतिहास र पहिचान नबुझेर केही व्यक्ति तथा समुदायहरुले ‘राई, शब्द बहिष्कार गर्न खोजेको अध्यक्ष राईले बताए । आदिवासी किराँत समुदायभित्र नेपालमा २६ वटा आधिकारिक भाषा भाषीहरु भएको र तिनीहरु सबैको आधिकारिक पहिचान नै के हो ?

भनेर सोध्दा कुलुङ ‘राई, थुलुङ‘राई, बाहिङ ‘राई, चाम्लिङ ‘राई, वान्तावा ‘राई, लोरुङ ‘राई, जेरुङ ‘राई, लगायत हुने उहाँले प्रस्ट पार्नु भयो । ‘राई, त शासकहरुले दिएको एउटा ‘पद, अरे नि ? भनेर कलाखबरले सोध्दा यो कुरा कुनै प्राचिन ईतिहासमा नभएको र ‘राई, शब्दलाई कसैले पनि दिएको कुनै ‘पद, वा पगडी नभएको उहाँले जिकिर गर्नु भयो ।

तर आदिवासी किराँत महाँसंघ लगायत अन्य समुदाहरुले भने, ‘राई,को कुनै मौलिक भाषा नै नभएकोले ‘राई, शब्द आफूहरुको कुनै पहिचान नै नभएको बताउदै आएका छन् । आदिवासी किराँत समुदाय भित्रका २६ भाषीहरुको आ आफ्नो छुट्टै मौलिक भाषा,कला संस्कृति,धर्म भेषभुषा र र्पुख्यौली भाषा समेत भएकोले भाषा र धर्मका आधारमा कुलुङ ,थुलुङ, बाहिङ, चाम्लिङ, वान्तावा, लोरुङ, जेरुङ नै आफूहरुको मौलिक पहिचान भएको यि समुदायहरुको जिकिर छ ।

उनीहरुले उल्टै किरात यायोक्खाले आफूहरुको वास्तविक पहिचानलाई मेटाएर शासकहरुले दिएको पदवी ‘राई, शब्दलाई जबरजस्ती भिडाएको आरोप लगाएका छन् । आगामी जनणनामा यी समुदायहरुले आ आफ्नो र्पुख्यौली भाषा र धर्मका आधारमा परिचय दिनुपर्ने अपिल गर्दै आएका छन् भने किराँत यायोक्खाले कुनै हलचल र अलमल नगरि ‘राई, भनेर आफ्नो परिचय लेखाउनु पर्ने अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्