Logo

प्रयोगशाला निर्माणका लागि सामुदायिक विद्यालयलाई सरकारले अनुदान दिने


कलाखबर संवाददाता,१,कातिक – काठमाण्डौं । बागमती प्रदेशमा प्रयोगशाला स्थापना गर्न सामुदायिक विद्यालयलाई प्रदेश सरकारले अनुदान दिने भएको छ । सूचना प्रविधि प्रयोगशाला स्थापना गर्नका लागि बागमति प्रदेश सरकारले १२ देखि १५ लाख रुपियाँ सम्म अनुदान दिने जनाएको छ ।

शिक्षा विकास निर्देशनालय बागमती प्रदेशले ‘सामुदायिक माध्यमिक विद्यालयमा विज्ञान, विषयगत र सूचना प्रविधि प्रयोगशाला स्थापना सम्बन्धी कार्यविधि, २०७८’ अनुसार छनोट भएका विद्यालयलाई प्रति विद्यालय रु। १५ लाख, त्यसैगरी विज्ञान, विषयगत प्रयोगशाला स्थापना गर्न बढीमा रु। १२ लाख अनुदान प्रदान गर्ने भएको हो ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७८(७९ को बजेटमा उल्लेख गरेको शैक्षिक गुणस्तर सुधार कार्यक्रम अन्तर्गतको सामुदायिक माध्यमिक विद्यालयमा विज्ञान, विषयगत र सूचना प्रविधि प्रयोगशाला स्थापना गरेको थियो । सोही कार्यक्रमको कार्यान्वयनका लागि निर्देशनालयले कार्यविधि तयार गरी अनुदान दिने जनाएको छ ।

कार्यविधिमा विज्ञान, विषयगत र सूचना प्रविधि प्रयोगशाला स्थापना गर्ने विद्यालयको पहिचान गर्ने, प्रयोगशालाको स्थापना गर्ने विद्यालय छनोटको मापदण्ड निर्धारण गर्ने, छनोट भएका विद्यालयलाई प्रयोगशालाको व्यवस्था गर्नका लागि अनुदान प्रदान गर्ने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्