Logo

एमालेको शुभकामना आदानप्रदान कार्यक्रममा शुभकामना भन्दा आलोचना धेरै


कलाखबर संवाददाता, २९ ,असोज  – पर्वत । पर्वतको फलेवास नगरपालिका वडा नं. १ कार्कीनेटामा दशैंको अवसर पारेर नेकपा एमाले वडा कमिटिले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । शुभकामना आदानप्रदान कार्यक्रममा उपस्थित स्थानीयहरुले शुभकामना भन्दा धेरै स्थानीय सरकारको आलोचना गरेका हुन साथै पाटीको संगठन सुद्दढीकरणमा समेत कुनै उल्लेख्य कार्य नगरेको भन्दै असन्तुष्ट व्यक्त गरेका थिए ।

कार्यक्रममा युवा , महिला  लक्षित  तथा, दिगो बिकासका कार्यक्रमहरु नआएको भन्दै स्थानीयहरु रुष्ट देखिएका थिए । नगरपालिकामा रहेका जनप्रतिनिधिहरुमा जबाफदेहिताको बोध गुनासो व्यवस्थापन तथा शैली छैन, पारदर्शिताको अभाब छ, भोलानाथ पौड्यालले भने । स्थानीय कार्यकर्ता  स्थानीय नेतृत्व कर्ताका कारण धेरै रिसाएको अवस्था छ, यो परिपाटी सुधारिएन भने अबको चुनाब जित्न कठिन छ, बलबहादुर बिकले भने ।

संगठन सुद्दढीकरणका बिषयमा दिनमा घाँस काटे बेलुका दुध खान पाईन्छ, तर घाँस काट्ने काम गरिएको छैन त्यसैले गाईले दुध दिने छैन । संगठन बलियो बनाउने काम भएकोे छैन यो विडम्बना हो अर्का उपस्थित महोदत्त शर्माले भने । कार्यक्रममा फलेवास नगरपालिका का नगर प्रमख तथा नेकपा एमाले जिल्ला सचिब पदमपाणी शर्मा, पर्वत नेकपा एमाले संगठन बिभाग प्रमुख, वडाध्यक्ष बावुराम शर्मा वडा कमिटिका सदस्यहरु, पार्टी संगठनका सदस्यहरु लगायतले बोल्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्