Logo

३३ किलो सुन तस्करीका मुख्य नाईके गोरेलाई जन्म कैद, ८ जनालाई थप सजाय,बाँकी सबै रिहा


कलाखबर,१९ असोज–काठमाण्डौं । ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका मुख्य नाईके गोरेलाई जिल्ला अदालत मोरङले जन्म कैदको फैसला सुनाएको छ । उनीसँगै घटनामा संलग्न रहेका ८ जनालाई पनि अदालतले दोषी ठहर गर्दै थप सजाय सुनाएको छ । त्यो घटनामा मुछिएका सबै प्रहरीले सफाइ पाएका छन् । जिल्ला अदालत, मोरङले मंगलबार हत्या ७७ जना प्रतिवादी मध्ये पक्राउ परेका ८ जनालाई मात्रै दोषी ठहर गरेको छ ।

यो प्रकरणमा फरार रहेका २१ जनाको मुद्दा चाहिँ मुल्तबीमा राखिएको अदालतका श्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले बताए । सफाइ पाउने प्रहरी अधिकारीमा तत्कालीन अपराध महाशाखा प्रमुख पूर्वएआईजी गोविन्दप्रसाद निरौला, एसएसपी दिवेश लोहनी ९हाल डीआईजी०, श्यामबहादुर खत्री र प्रहरी उपरीक्षक ९एसपी० विकासराज खनाल छन् ।

त्यस्तै, प्रहरी नायब उपरीक्षक (डीएसपी) सञ्जय राउत, प्रजित केसी, प्रहरी नायब निरीक्षक ९सई० बालकृष्ण सञ्जेल, प्रहरी हवल्दार अमरबहादुर थापा मगर र प्रहरी जवान विष्णु खड्काले पनि सफाइ पाएका छन् । दुबईबाट ९ माघ २०७४ मा नेपाल आएको ३३ किलो सुन गायब भएको थियो । हराएको सुन खोज्ने क्रममा चुडामणि उप्रेती गोरेको समूहले यातना दिँदा भरिया सनम शाक्यको हत्या भएको थियो ।

उनको शव बरामद भएपछि गरिएको अनुसन्धानका क्रममा ‘सुन तस्करीको हालसम्मकै ठूलो र्याकेट’बारे अनुसन्धान भएको थियो । सरकारले छानविनका लागि सह–सचिव ईश्वरराज पौडेलको नेतृत्वमा छानविन समिति बनाएको थियो । समितिले घटनाको प्रारिम्भक अनुसन्धान गरेको अपराध महाशाखाका तत्कालीन एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेल लगायतलाई पनि पक्राउ गरेर मुद्दा चलाएको थियो ।

त्यसबेला अनुसन्धानकर्ता नै आरोपित बनाएको भन्दै सरकारी छानविन समितिको आलोचना समेत भएको थियो । प्रकरणमा जोडिएका अन्य प्रहरी अधिकारीले चाहिँ गोरेको समूहलाई सहयोग गरेको सरकारी छानविनको निष्कर्ष थियो ।

प्रतिक्रिया दिनुहोस्