Logo

माइक्रो बस चढेर परिवारका सदस्य सहित राष्ट्रपति भण्डारी चन्द्र गिरि रिर्सटमा


कलाखबर,१९ असोज–काठमाण्डौं । सोमबार दिउँसो परिवारका सदस्य सहित राष्ट्रपति विद्यादेवी भण्डारी चन्द्र गिरि रिर्सटमा रिफ्रेस हुन गएकी छन् । उनले एक रात त्यही रिर्सटमा नै बिताएकी छन् । उनी मंगलबार भालेश्वर मन्दिरमा पूजा गरेपछि लञ्च खाएर शितल निवास फर्किने कार्यक्रम तयार गरिएको छ ।

त्यहाँ राष्ट्रपति भण्दारीले नेपाली टिपकल खाना खाएको शितल निवास स्रोतले जनाएको छ । ‘राष्ट्रपति ज्यूको मेनुमा सिस्नोको झोल, लोकल कुखुराको सुप र पोखरेली चामलको भात रहेको स्रोतले बताए । छोरीहरुसहित उनी सोमबार दिउँसो दुई बजे चन्द्रागिरि पुगेकी थिइन् ।

सुरक्षा स्रोतका अनुसार चन्द्रागिरि पुग्न उनलाई हायस माइक्रोबसको व्यवस्था गरिएको थियो । कारगेड सुरक्षासहित यात्रा गर्दा ट्राफिक जाम हुने र अन्य यात्रुहरुले सास्ती पाउने भन्दै उनलाई माइक्रो बस चढाएर चन्द्रागिरि पुर्याइएको शितल निवास स्रोतले बतायो ।

 

प्रतिक्रिया दिनुहोस्