Logo

मन्त्रालय भाडफाडको जिम्मा प्रचण्डलाई,मंगलबार सम्म सरकारले पूर्णता पाउने


 

कलाखबर,१८,असोज–काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रालय भागबण्डामा सहमति जुटाउन नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाललाई जिम्मा दिएका छन् । सत्तापक्षीय गठबन्धनका नेताहरुबीच मन्त्रालय भागबण्डामा नै सहमति नजुटेपछि प्रधानमन्त्री देउवाले यसबारेमा सहमति जुटाउन दाहाललाई आग्रह गरेका थिए ।

मन्त्रालय भागबण्डामा सहमति खोज्ने उद्देश्यले आज दाहालले कांग्रेस वरिष्ठ नेता पौडेलसँग सिंहदबारमा छलफल गरेका थिए । माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको छलफलमा मन्त्रालय भागबण्डाको कुरा मिलेको हो । आज भएको नयाँ सहमतिअनुसार कांग्रेसले प्रधानमन्त्रीसहित ७ मन्त्रालय राख्ने भएको छ ।

त्यस्तै, माओवादी केन्द्र, नेकपा ९एकीकृत समाजवादी० र जनता समाजवादी पार्टीले भने क्रमशः पाँचरपाँच वटा मन्त्रालय पाउने भएका हुन् । कांग्रेसबाहेक तीन दलले एकरएक जना राज्यमन्त्री पनि पाउने भएका हुन् । कांग्रेसमा वरिष्ठ नेता पौडेल पक्षले भने दुई वटा मन्त्रालय पाउने भएको छ । आजै मन्त्रीहरुको नाम टुँगो लगाउने र भोलि मंगलबार सम्म सरकारलाई पूर्णता दिने प्रधानमन्त्री देउवाको तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्