Logo

गाडी भाडा बढाउने माग गर्दै यातायात व्यावसायीले सडकभरी गाडी तेर्स्याइए


 

कलाखबर,१८,असोज–काठमाण्डौं । दशैको मुखमा गाडी भाडा सरकारले नबढाएको भन्दै यातायात व्यावसायीले काठमाण्डौं उपत्यकामा बस तेस्र्याएका छन् । भाडा समायोजन गर्ने माग राख्दै यातायात व्यावसायीहरुले सडक भरी गाडी तेस्र्याएपछि यातायात आवतजावतमा अवरोध बनेका छन् । महानगरीय ट्राफिक महाशाखाका अनुसार रिङरोडभरि ५ सय वटा बस तेर्स्याइएका छन्।

कार्यालय समयमा व्यवसायीले सडकमा बस तेर्स्याएपछि यात्रुलाई सास्ती भएको छ भने काठमाडौं उपत्यकाको सवारी अस्तव्यस्त बनेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले पटक(पटक भाडा समायोजन गर्न आग्रह गर्दा पनि बागमती प्रदेश सरकारले वास्ता नगरेपछि व्यवसायीहरू आक्रोशित बनेको बताए।

संघीय सरकारले गत असारमै भाडा समायोजनको निर्णय गरे पनि बागमती प्रदेश सरकारले लागु नगरेकाले व्यवसायी आन्दोलनमा उत्रिनु परेको बताए । तर यो किसिमको आन्दोलनले सर्बसाधारणलाई भने केही फाइदा देखिदैन । उल्टै आम सर्बसाधारण महंगीपनले पिल्सिने प्रस्टै देखिन्छ । सरकारले गाडीभाडा बढाए यसको भार आम सर्वसाधारणको थोप्लोमा आउला र व्यावसीलाई पनि राम्रै फाईदा होला ।

तर गाडी भाडा बढाएर तिर्ने आम सर्बसाधारणको आम्दानी चाँही कहाँबाट र कसले बढाउला ? के अब सबै आम सर्वसाधारण नागरिक पनि व्यातायात व्यावसायी बिरुद्ध ढुंगा मुढा बोकेर सडकमा आन्दोलन गर्न होमिने ? आम सर्बसाधारणको यो जटिल प्रश्न सरकार र यातायात व्यावसायी दुवैले बुझ्नु नितान्त आवश्यक देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्