Logo

आज कुशे औसीं अर्थात बुबाको मुख हेर्ने दिन,नेपाली चलन अनुसार आ-आफनै तरिकाले बुबाको मुख हेर्दै


 

कलाखबर, २२ साउन – काठमाण्डौं । आज नेपाली हिन्दु चलन अनुसार बुवाको मुख हेर्ने दिन अर्थात कुशे औसीं परेको छ । यो दिन जन्म दिने बुवालाई नयाँ कपडा दिएर अर्थात फलफुल खुवाए सम्मान गर्ने चलन छ । आज काठमाडौंको उत्तर(पूर्वमा रहेको गोकर्णेश्वर मन्दिरमा बुवालाई सम्झिनेहरूको भीड लागेको छ ।

बुबाको मुख हेर्ने दिन गोकर्णेश्वरमा हरेक वर्ष यस्तै भीड लाग्ने गर्छ । बुबाको निधन भएकाहरू यस दिन गोकर्णेश्वर पुगेर पितृलाई तर्पण दिने प्रचलन छ । आज गोकर्णेश्वर पुगेर दिएको तर्पण पितृले प्राप्त गर्छन् र तृप्त हुन्छन् भन्ने धार्मिक मान्यता छ ।

भाद्र औंसीका दिन मनाइने कुशे औंसीको दिनलाई बुवाको मुख हेर्ने दिन पनि भनिन्छ । आजको दिन आफ्नो जन्म दिने बुवालाई विशेष सम्मान गर्ने र बुवा नहुनेले नजिकको तीर्थमा गएर श्राद्ध, तर्पण, दान गर्ने परम्परा चलिआएको छ ।

 

प्रतिक्रिया दिनुहोस्