Logo

आजबाट गोकर्णेश्वर नगरपालिकाभित्रका सबै विद्यालय सुचारु


तस्बिर ः प्रदीप श्रेष्ठ
कलाखबर,१६ भदौ – काठमाण्डौं । काठमाण्डौं गोकर्णेश्वर नगरपालिका भित्रका निजि तथा सरकारी सबै तहका विद्यालय आजबाट सुचारु भएको छ । लामो समय बैशाख यता भएको कोभिड १९ निषेधाका कारण बन्द अवस्थामा रहेका सबै तहका विद्यालय आजबाट मापदण्ड पालना गरी भौतिक उपस्थितिमा सञ्चालन गर्ने नगरपालिकाले निर्णय गरेको छ ।

गोकर्णेश्वर नगरपालिका नगर शिक्षा समितिको भाद्र १३ गतेको बैठकको निर्णयअनुसार आजबाट मापदण्ड र सामाजिक दुरी कायम गर्दै भौतिक उपस्थितिमा नगरपालिका भित्रका सबै विद्यालय खुलाउने निर्णय भएको हो ।

सोही निर्णय बमोजिम भाद्र १६ आजबाट यस नगरपालिका भित्रका सबै विद्यालय पून सञ्चालनमा आएको छ । विद्यालयले कोभिडबाट बच्न आफ्नो छुट्टै नीति नियम समेत बनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्