दुई हप्तादेखि थुप्रिएको फोहोरको थुप्रो आजबाट उठाउदै

कलाखबर,१६ भदौ – काठमाण्डौं । काठमाण्डौं महानगरपालिकाले दुई हप्तादेखि थुप्रिएको फोहोरको थुप्रो आजबाट उठाउन थालेको छ । महानगरपालिका र नुवाकोटको सिसडोलका बासिन्दाबीच फोहोर व्यवस्थापनबारे ९ बुँदे सहमति भएसँगै काठमाडौंमा दुई हप्तादेखि थुप्रिएको फोहोर आजबाट उठाउन थालिएको हो ।
काठमाण्डौं उपत्यकाबाट संकलित एक हजार दुई सय मेट्रिक टन फोहोर दैनिकरुपमा सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । तर बर्खाको बेला सिसडोलसम्म पुग्ने बाटो बिग्रिएको कारण देखाउँदै महानगरपालिकाले फोहोर नउठाउँदा राजधानी शहर दुर्गन्धित बनेको छ।
सिसडोलवासीसँग मंगलबार बेलुका भएको सहमतिअनुसार सरकारी पक्षले सिसडोलसम्मको बाटो १५ दिनभित्र ग्राभेल गर्ने, बाटोमा छरेका फोहोर उठाउने र टाइम कार्डको प्रयोग गरिने छ । दुई दिन अगाडी स्थानीयहरुले मेयर विद्या सुन्दर शाक्यलाई फोहोर समेत उपहार दिएका दिए ।