जनतालाई असुविधा पर्ने ठाँउमा महाँकुलुङ केन्द्र निर्धारण गरेको भन्दै स्थानीय जनता आन्दोलित
साउन,२९ असार – काठमाण्डौं । सोलुखुम्बु जिल्लाको महाँकुलुङ गाउँपालिकामा जनतालाई असुविधा पर्ने ठाउँमा गाउँपालिकाको केन्द्र निर्धारण भएको भन्दै स्थानीय जनता आन्दोलित बनेका छन् । साउन २ गतेको गाउँ सभाबाट जनवस्ती भन्दा टाढा र असुविधा पर्ने ठाँउ सर्सिलामा केन्द्र निर्धारण भएको भन्दै स्थानीय आक्रोशित बनेका हुन् । स्थानीयहरुले झालझेल र पैसाको लोभमा जनप्रतिनिधिहरु फसेको आरोप लगाएका छन् ।
अहिले स्थानीय अगुवा दुतिमान राईको नेतृत्वमा आन्दोलन चर्किदैै आएको छ । साउन २४ गते पनि स्थानीय जनताहरुले गाउँपालिकाको कार्यलय घेराउ गरेका थिए । आन्दोलनमा झण्डै २०० सयको हाराहारीमा स्थानीय जनता उत्रिएको आन्दोलनकर्ता सिंघ बहादुर कुलुङले बताएका छन् । अहिले आन्दोलन चर्चिदै गर्दा गाउँपालिका अध्यक्ष सागर किराँती भने फरार रहेको कुलुङले बताए ।
जनताले आन्दोलन चर्काएपछि बसेर छलफलको माध्यमबाट निकास निकाल्नुको बदला उल्टै सिंगो गाउँको अभिभावक सागर किराँती भागेको कुलुङको आरोप थियो । जब सम्म जनतालाई सुविधा पर्ने ठाउँमा केन्द्र निर्धारण हुँदैन तब सम्म आन्दोलन जारी राख्ने स्थानीयको भनाई छ । आगामी आईतबार पनि गाउँपालिकाको कार्यलयमै आन्दोलन गर्ने स्थानीयहरुले तयारी गरेका छन् ।
अधिकांश जनप्रतिनिधिहरुले सर्सिलाको विपक्षमा नै मतदान गरेपनि सर्सिला नै कसरी केन्द्र निर्धारण भयो भनेर स्थानीयहरुले प्रश्न गरेका छन् । केन्द्र निर्धारण गर्न दुई तिहाई मत चाँहीनेमा सर्सिलाको पक्षमा १४ मत खसेको देखाउनु नै झालझेल भएको सिंघ बहादुर कुलुङको भनाई छ । महाकुलुङ २ का वडा अध्यक्ष प्रदीप कुलुङले गाउँसभाबाट भएको. निर्णय जनहित विपरीत नै भएको बताए ।
२ नं वडाले त आफूहरुले जनहित विपरीत हुने केन्द्रको लागि कुनै मतदान नै नगरेको प्रस्ट पार्दै विज्ञप्ती नै जारी गरेका छन् । यसरी अनिश्चित आन्दोलन र अनिर्णयबाट जनतालाई आजित बनाउनु भन्दा पनि छलफलको माध्यमबाट निकास निकाल्नु नै राम्रो हुने अध्यक्ष कुलुङको भनाई थियो ।
तर गाउँपालिका अध्यक्ष सागर किराँतीले भने नियम र विधिवत ढंगबाट नै सबैको सर्ब सहमतिले गाउँसभा र कार्यपालिकाबाट केन्द्र निर्धारण गर्ने निर्णय भएको बताए । सबैको सर्व सहमतिमा भएको निर्णयले भएको मतपरिणाम नमान्नु लोकतन्त्रको उपबहास भएको किराँतीको भनाई थियो । अहिले अधिकांश जनताले गाउँसभाबाट विधिवत रुपमा भएको निर्णयलाई स्वीकार गरि सकेको अवस्थामा एक दुई जनाले आन्दोलन गर्नुको पनि कुनै औचित्य नै नभएको बताए ।
अहिले महाकुलुङमा भनिएको जस्तो कुनै जनप्रतिनिधि पैसा र लोभ लालच,झालझेलमा कतै पनि फसेको भन्ने कुरा असत्य र कपोलकल्पित नै भएको किराँतीले बताए । यसमा कुनै स्थानीय जनता समेत भ्रममा नपर्न अध्यक्ष किराँतीले बताए । व्यक्तिगत कुनै स्वार्थ र फाइदाको लागि नभई सबै समग्रह जनता र गाउँकै लागि अहिलेको सबै प्रयास भएको किराँतीले बताए ।
कुनै झालझेल र पैसामा जनप्रतिनिधि बिकेका छैनौ, सबैको सहमति र नियमढंगले केन्द्र निर्धारण भएको हो ।,
किराँतीले अहिले आफू गाउँपालिकाबाट कतै पनि नभागेको र गाउँपालिकाकै लागि तल्लिन भएर काम गरि रहेको बताए । नियम संगत र सबैको सहमतिले भएको निर्णयबाट आफू कतै पनि नभाग्ने किराँतीले प्रष्ट पारे । रातारात भएको निर्णय हो र म भाग्नलाई ?यदि झालझेल र पैसामा बिकेको जुन मिठ्या आरोप मात्र हो ।
यदि प्रमाण छ भने ल्याउनुस् म त्यसको सामना गर्न तयार छु, किराँतीले भन्नु भयो । दुवै पक्ष बार्तामा बसेर यसको निकास निकाल्नु पर्दैन ? भनेर कलाखबरले सोधेको प्रश्नमा अध्यक्ष किराँतीले उर्पयुक्त वार्ताको वातावरण बनेमा आफूहरु जस्तोसुकै अवस्थामा पनि वार्ता गर्न तयार रहेको बताए । अरु थप निर्णय र विषयमा छलफल गर्न तयार भएको तर हाल निर्धारण भइसकेको केन्द्र भने कुनै हालतमा पनि खारेज गर्न नसकिने उहाँले स्पष्ट पार्नु भयो ।
गाउँ सभाबाट पारित भएका निर्णयहरु
केन्द्र निर्धारणका लागि छनौट भएका चुनाव चिन्ह