Logo

अबको सरकारले मेनपावरमा भएको ठगी,बलत्कार,हत्या हिंसा,भ्रष्टचारी नियन्त्रण तथा सबै जनतालाई खोप उपलब्ध गराउने


 

साउन २१–काठमाण्डौं । नेपाली काँग्रेसका युवा नेता तथा सामाजिक अभियन्ता एवम जनबाहिनी नेपालका संयोजक समेत रहेका शिरोमणी ओझाले अबको सरकारको मुख्य काम मेनपावरमा भएको ठगी,बलत्कार,हत्या हिंसा,भ्रष्टचारी नियन्त्रण तथा सबै जनतालाई खोप उपलब्ध गराउने रहेको बताएका छन् ।

ओलीले एक्लौटी निर्णयबाट राज्यलाई तानाशाही भ्रष्टदेश बनाएको समेत नेता ओझाले आरोप लगाए । देशलाई प्रतिगमन तिर लगेर कुसाराघात बनाएको पनि उनले बताए । त्यसैको परिणाम स्वरुप अहिले गठवन्धन बनेको र यही गठवन्धनको बलियो योगदानबाट नै अहिले संविधानको रक्षा पनि भएको नेता ओझाले कलाखबरसँग बताए ।

अहिले जनताले निरंकुश ओलीलाई बाल्कोट पुर्याएर देश निमार्णको सम्पूर्ण जिम्मा गठवन्धनलाई दिएकोले यही गठवन्धनको सरकारले देश र जनचाहाना अनुसारको काम नगरी सुख नै नपाउने बताए । आफ्नो अभियानको क्रममा देशका जनाले निशुल्क शिक्षा स्वास्थ्य र रोजगारी पाउनु पर्ने बलियो आवाज उठाउदैं सरकार सामु पुर्याउने पनि उनले बताए ।

मुख्य रुपमा अहिले बैदेशिक रोजगारीको नाममा विभिन्न निजी म्यानपावरले ठगी गर्दै आएको र यसको नियमन गर्न पनि सरकारलाई सुझाव दिने ओझाले बताए । सरकारले खाडी मुलुलुकहरुका लागी हवाई टिकट,मेडिकल लगायत सबै निशुल्क गर्ने भनिएको छ । तर अहिले सबै म्यानपावरले मनपरी रुपमा एक लाख पचास हजार सम्म पैसा उठाउँदै आएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्