आज मन्त्रिपरिषद बैठक बस्दै,प्रशासन सञ्चालन सम्बन्धी बिषयमा छलफल हुने
साउन,११–काठमाण्डौं । आज सोमबार दिउँसो ३ बजे मन्त्रिपरिषद बैठक बस्ने भएको छ । आजको बैठकमा प्रशासन सञ्चालन सम्बन्धी बिशेष छलफल गर्ने स्रोतले बताएको छ ।
आजको बैठकमा समसामयिक विषयवस्तु र दैनिक प्रशासनिक काम कारबाहीबारे छलफलसहित आवश्यक निर्णय हुने सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
आइतबार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले एक राज्यमन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका थिए ।