Logo

प्रमिला राईको स्वर तथा सुदीप यसमालीको अभिनय रहेको युके लाहुरे गीत बजारमा सार्बजर्निक ( भिडियो सहित )


साउन,११–काठमाण्डौं । गायीका प्रमिला राईको स्वर लहरी रहेको युके लाहुरे नयाँ गीत बजरमा सार्बजनिक भएको छ । रंगिन कोरसको बीचमा गायीका प्रमिला राई आफै र सुदीप यसमालीको रोचक अभिनय रहेको छ । यो गीतले बजारमा तहल्का मच्याउने आशा गरिएको छ । खड्ग सन्धर्बको शब्द संगीत तथा धनु ज्ञाङमीको संगीत संयोजन रहेको गीत भिडियो सहित बजारमा आएको हो । यो गीतमा बिशेष गरि एक युवतीको माध्यमबाट युके लाहुरेसँगको आत्मिएता माया प्रेमका कुरा दर्शाउन खोजिएको छ । साथै युके लाहुरे जिवनको वास्तविक कथा र जिवन कहानी यस भिडियोको माध्यमबाट प्रस्तुत गर्न खोजिएको छ ।

नेपालको समाजमा हुर्किएकी एक युवति, प्रकृती र जिन्दगी काट्ने प्रेम, यूके लाहुरे जिबन शैली, हासखेल ठटटालाई जिबन्त समर्पण गीतमार्फत देखाउन खोजिएको छ । गायीका प्रमिला राई आफैमा चर्चित नाम हुन् । नाछिरिङ समुदायबाट लामो समय गीत संगीतमा अनेक संघर्ष गर्दै कलाकारिता जगतमा उदाएकी उनले फिल्म तथा टेलिचलचित्रमा समेत नायिका तथा कलाकारको भूमिकामा अभिनय गरेकी छिन् । साथै राईले नाछिरिङ समुदायको ‘पौ’ अर्थात ‘सम्बन्ध’ नामक डकु(ड्रामाको फिल्म पनि बनाएकी छिन । उनै गायीका राईले गाएको गीत भर्खरै बजारमा रोचक भिडियो सहित सार्बजनि गरिएको छ । बहुमुखी प्रतिभाको धनी राई आफ्नो पनि यो गीतमा अभिनय रहेको छ । निरेन श्रेष्ठले निर्देशन गरेको यस भिडियोलाई मरुभुमी नारायणले छाँयाङ्कन गरेका हुन् । यो गीतको भिडियोलाई ज्योती फिल्मसले पोस्ट प्रोडक्सन गरेको हो । रोशन धितालको सम्पादन तथा रुबिन कौचा मगरको रेकर्डिङ रहेको गीतको भिडियोलाई मुन्धुम स्टार टिभीको अफिसियल युटयूब च्यानलबाट अपलोड गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्