Logo

गायक बुद्ध राई र गायीका अम्बिका राईको आवाजमा मेरो ढुकढुकी गीतको म्यूजिक भिडियो सार्बजनिक


कलाखबर ११ असार –काठमाण्डौं । गायक बुद्ध राई र गायीका अम्बिका राईको आवाजमा मेरो ढुकढुकी गीतको म्यूजिक भिडियो बजारमा सार्बजनिक भएको छ । गायक बुद्ध राई आफैले नै संगीत संयोजन गरेको सो गीतलाई सबिन लिम्बुले संगीत संयोजन गरेका हुन् ।

सो गीतको म्यूजिक भिडियोमा उर्मिला गुरुङ र रबिन थापा मगरको रोचक अभिनय रहेको छ । दिपा गर्बुजा मगरको निर्माणमा बनेको यो गीतको भिडियोलाई स्वारस्वती धिमालले नृत्य निदेर्शन गरेका छन् ।

यो गीतमा दुई युगल जोडी बीचको आपसी प्रगाढ माया पे्रम समेटिएको छ । प्रकृतिको मनमोहक सुन्दर हिउँचुलीको आँगनमा रमाउदै भिडियोको दृश्य निर्माण गरिएकोले आम दर्शकको लागि यो भिडियो निकै रोचक बनेको छ ।

यो भिडियोलाई प्रमोद श्रेष्ठ र आनन्द चक्रवर्तिले छायाङ्कण गरेका हुन। भुपेन्द्र गुरुङको निर्दैशन तथा बन्दे प्रशादको सम्पादन रहेका गीतको भिडियोलाई म्घटण् च्त्ः युट्युब च्यानलबार्ट सार्बजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्